काठमाडौ माघ १२-तीन दलको बैठक निष्कर्ष विहिन भएको छ । सरकारको नेतृत्व गरेको माओबादीले जनसत्ताको निर्णय फिर्ता नलिने अडान राखेपछि तीन दलको बैठक निष्कर्ष विहिन भएको हो ।
प्रचण्ड निवास लाजिम्पाट बसेको बैठकमा जनशत्ताले गरेको घरजग्गाको लिखतलाई वैधानिकता दिने निर्णयबाट पछि पनि नहट्ने र तत्काल कार्यान्वयन नगर्ने बताएपछि काग्रेस एमालेले त्यसको विरोध गरेका थिए ।
जनशत्ताको निर्णय फिर्ता गराउन सरकारले मन्त्रीपरिषदबाटै निर्णय गर्नुपर्ने काँंग्रेस र एमालेले अडान राखेका छन ।
त्यसैगरी बैठकमा सरकारले गरेको पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्नपनि सहमति हुन नसकेको स्रोतले जनाएको छ ।
यसअघि माओबादी पदाधिकारी बैठकले जनशत्ताका निर्णय फिर्ता नगर्ने र पेट्रोलियम पदार्थको मुल्य बृद्धिमा पुर्नविचार गर्न सरकारकलाई आग्रह गरेको थियो । तीन दलको बैठक निष्कर्ष विहिन भएपछि आजकालागि तय भएको संसद बैठकपनि अबरुद्ध हुने प्राय निष्चीत प्राय भएको छ ।