खेमनाथ पौडेल, यूएई ।
प्रायः यूएईमा बलिउडका चर्चित गायक, संगितकार, म्युजिगसियनका कन्सर्टहरु भईनै रहन्छन् । गत शुक्रवार १६ डिसेम्वर २०११ का दिन पनि बलिउडको रक अन टिमले यूएईको अबुधावीमा कन्सर्टको आयोजना गर्यो । उक्त कन्सर्टमा नेपाली ठिटो सुमन उदयको बेजोड प्रस्तुती रहेको थियो ।
बलिउडका संगित मास्टर शंकर महादेवन, ईसावनको साथमा नेपाली ठिटो सुमन उदयको कन्सर्टले समुन्द्री किनाराको चिसो सिरेटोलाई केही क्षण तताएको थियो । रक अन, जिन्दगी नमिलेङ्गे दोवारा, माईनेम ईच खान जस्ता बलिउडका सफल चलचित्रमा संगित डाईरेक्टर गरेका शंकरको साथमा आफ्नो प्रस्तुती गर्दा सुमन दङ्ग थिए ।

विदेशमा विरलै मात्रमा यस्ता कन्सर्टनमा नेपालीहरुले चान्स पाउने सुमनले बताए । उनले ३ वटा गित प्रस्तुत गरे । नेपालीहरुको उपस्थित पातलो भएता पनि जे जति उपस्थिति थियो सबैले उनको प्रशंसा गरे । दुवईको एउटा एभ्रटाईज कम्पनीमा विजनिस डेभलप्मेन्ट म्यानेजरको रुपमा कार्यरत सुमनले बेला बेलामा यूएईमा हुने बलिउड कन्सर्टमा भाग लिई रहने बताए ।