चितबन पुस १६ गते ।
पूर्वी चितवन स्थित भिमवली सामुदायिक वनमा आन्तरिक विवाद चुलिदै गएको छ । सामुदायिक वनले नीति विपरित काम गर्दै गएको एकपक्ष समिति पद्धाधिकारीहरुको आरोप छ ।समितिले दुईवर्ष वितिसक्दा पनि हाल सम्म साधरण सभा समेत नगरिएकोले समितिमा आन्तरिक विवाद चुलिदै गएको हो । समितिका पद्धाधिकारी दुई पक्षमा विभाजीत भएका छन् ।
समितिले नीति र विद्यान विपरित काम गर्दै गएको भन्दै समितिका सदस्य भिमवहादुर बोगटीले आज विभिन्न ११ बुद्धे माग राख्दै आफ्नै समितिलाई ज्ञापन पत्र बुझाउनुभएको छ । खगेरी खोलामा तोकिएको सवारी प्रवेश शुल्क तोकिएको भन्दा कम शुल्क अशुल भएको र २ सय २४ टीपको सवारी प्रवेश शुल्क हिनामिना भएको भन्दै विज्ञप्ति मार्फत छानविनका लागि माग गर्नुभएको छ ।
बढ्दै गएको बन विनास संगै चोरी शिकारी नियन्त्रणका लागि उपभोक्ता परिचालन गरी गस्ती कार्य शुरु गर्नुपर्ने, वन कार्यालय तारवार भित्र राखिएको चिरान काठको पारदर्शी लागत सार्वजनीक गर्नुपर्ने, वार्षिक साधरण सभा तत्काल गरिनुपर्ने, विद्यान अनुसार सचिवालय न्यायिक समिति र परिषद संगै आवश्यकता अनुसार विभिन्न समिति गठन गर्नुपर्ने लगायत रहेका छन् ।
समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले भने सामुदायिक वनमा देखिएको समस्यालाई मिलाएर लैजाने तर्क गर्नुभयो । निर्धारित समयमा साधरण सभा एवम परिषद गठन गर्न नसकिएको स्विकारगर्दै अध्यक्ष अर्यालले केही दिन लगतै साधरण सभा गर्ने प्रतिवद्धता जनाउनुभयो ।–‘ त्यसको लागि आन्तरिक तयारी भइरहेको छ । ’
आज बसेको समितिको नियमित बैठकमा दुवैपक्ष बीच निकै चर्का चर्की भएको थियो । निकैलामो समय सम्म चलेको बैठकमा दुवैपक्षका पद्धाधिकारीहरु निकै असन्तुष्ट व्यक्त गरेका थिए ।उता उपभोक्ताहरुले बिधान विपरित काठको मुल्य निर्धारण गरेको भन्दै उपभोक्ताहरुले विरोध गरेका छन् । समितिले काठको मुल्य आफुखुसी निर्धारण गरेको उनीहरुको आरोप छ । यसैबीच रिपोटीङमा गएका चितवनका सञ्चारकर्मीहरुमाथी भिमवली सामुदायिक वनका कार्यालय सचिव राजेश महतोले दुव्र्यवहार गरेका छन् ।
रिपोटीङको क्रममा सामुदायिक वनको कार्यालय परिसरमा पुगेका सञ्चारकर्मीहरुमाथी अपशव्द बोल्दै दुव्र्यवहार गरेका हुन् । सामुदायिक वन भित्रको आन्तरिक कुरा सञ्चार माध्यममा नल्याउन समेत उनले दवाव दिएका थिए । दुव्यवहारमा पर्ने पत्रकारहरुमा नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यसमिति सदस्य एवम क्रिष्टल टेलिभिजनका समाचार प्रमुख सन्तकुमार चौधरी, लोकतन्त्र सन्देश दैनिकका मोहनचन्द्र रुम्बा, क्रिष्टल टेलिभिजनकै समचार सम्पादक नारायण सापकोटा, उमेश काफ्ले, कायाकैरन राष्ट्रिय दैनिक पत्रिकाका राजु चौधरी रहको छन् ।
यसैबीच सञ्चारकर्मीहरुमाथी गरिएको दुव्यवहारको नेपाल आदिवासी जनजाति पत्रकार संघ चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।रिपोटीङका लागि गएका सञ्चारकर्मीहरुमाथीको दुव्र्यवहारले सिंगो सञ्चार क्षेत्रलाई दुव्यवहार गर्ने प्रयास गरेको हु“दा दुव्यवहार गर्ने कार्यालय सहायकलाई कडा भन्दा कडा कावार्ही गर्नुपर्ने संघका सचिव भारतीदुराद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्ति मार्फत आगामी दिनमा यस्ता किसिमका घटना नदोहा्रे¥याउन सम्बन्धीत पक्षलाई आग्रह गरिएको छ ।