Responsive Ad Slot

latest

मेलमिलाप दिवसमा विपि विचार समाज तनहुँद्धारा फलफुल वितरण I

Saturday, December 31

/ by Admin BHOLA THAPA

पवन पौडेल
तनहुँ पुष १६ गते । मेलमिलाप दिवसको अवसर पारी विपि विचार समाज तनहुँले आज दमौली अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

अस्पतालमा आयोजित एक कार्यक्रमका बिच समाजकी अध्यक्ष तथा संविधानसभासद उर्मिला थापा,जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डाक्टर शुशीलनाथ प्याकुरेल,समाजका बरिष्ठ सदस्य कृष्ण प्रसाद गौतम,नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति उदयराज गौली,नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष गणेश बहादुर खत्री,समाजका सदस्य शुकुमलाल गुरुङ लगायतले विरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष एवं संविधानसभासद उर्मिला थापाले विपिको नाममा स्थापित संस्थाले स्वास्थ्य क्षेत्रमा सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै सभासद थापाले आगामी दिनमा पनि समाजका अन्य क्षेत्रमा सहयोगमुलक कार्यक्रम समाजले गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डाक्टर शुशीलनाथ प्याकुरेलले फलफुल वितरण भन्दा पनि स्वास्थ्य शिविरजस्ता कार्यक्रम बढी प्रभावकारी हुने बताउँदै कुनै पनि संस्थाले शिविर सन्चालन गर्न चाहेमा आँफुहरुले चिकित्सक र औषधी उपलब्ध गराएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समाजका बरिष्ठ सदस्य तथा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद गौतम,सचिव नुरचन्द्र वाग्ले लगायतले संस्थाले आगामी दिनमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग र वैचारिक मन्थन हुने खालका कार्यक्रमम सन्चालन गर्ने बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI