नारायण सापकोटा ,
तनहुँ ,मंसिर १८-नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरेले साढे ६ हजार भन्दा बढी माओबादी लडाकु सेनामा समायोजन गर्न नसकिने बताउनु भएको छ ।माओबादीले सेनामा समायोजन हुन चाहने लाडाकुको संख्या बढी देखिएको भन्दैमा सहमति भन्दा बाहिर गएर माओबदीको पछि लाग्न नसकिने समेत बताउनु भयो । घिमिरेले ६ महिनाभित्रमा संविधानको खाका तयार हुने दावी गर्नु भएको छ । नेपाल प्रेस युनियन तनहँुले आज विहान दमौलीमा गरेको पत्रकार सम्मेलनमा मुख्य सचेतक घिमिरेले मुलुकको भावी शासकीय स्वरुपका बिषयमा दलहरुबिच कुरा नमिलेको भन्दै काङ्ग्रेस ,एकीकृत माओवादीले भनेजस्तो प्रत्यक्ष राष्ट्रपतीय शासनप्रणालीको पक्षमा नरहेको बताउनुभयो । संविधान निर्माणको लागि काङ्ग्रेसले सबै शक्ति केन्द्रीत गर्नेमा जोड दिदै घिमिरेले कुनै तानाशाहको जन्म नहोस भन्नको लागि काङ्ग्रेस सचेत रहेको बताउनुभयो ।