Responsive Ad Slot

latest

सर्लाहीमा हुने हरिहर क्षेत्र महोत्सव २०६८ को तयारी तिब्र I

Thursday, December 22

/ by Admin BHOLA THAPA
सर्लाही,
पुस ७-सर्लाहीको कर्मैयामा यही पुस १६ गतेदेखि १८ गतेसम्म हुने हरिहर क्षेत्र महोत्सव २०६८ को तयारी तीव्र पारिएको छ । “धार्मिक ऐतिहासिक र पर्यटकीय स्थान, राष्ट्रियस्तरमा हरिहर क्षेत्रको पहिचान” भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको हो ।

नेपाल पर्यटन वर्ष २०११ को सचिवालयको सहयोगमा पर्यटन वर्षको समाप्तिको अवसरमा कर्मैयामा रहेको हरिहर क्षेत्रमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । हरिहर क्षेत्र र वुद्ध शान्ति तपोवनलाई देश विदेशमा चिनाउन महोत्सवको आयोजना गरिएको महोत्सवको तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक कमल पौडेलले जानकारी दिनुभयो ।

महोत्सवमा जिल्लाको कृषि उत्पादन, सामुदायिक वनका जडीबुटी, स्थानीय सांस्कृतिक पहिचान झल्कने कार्यक्रमहरू, बुद्ध, गान्धी शान्ति तपोवनको झलक, राष्ट्रियस्तरका कलाकारहरूको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर, र भारतका विहार राज्यका गरी तीन लाख मानिसले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI