Responsive Ad Slot

latest

डोटीका आदिवासी जनजाति युवाहरूलाई आत्मनिर्भर बनाउन कम्प्युटर तालिम I

Thursday, December 22

/ by Admin BHOLA THAPA

डोटी,
पुस ७ आदिवासी जनजाति युवाहरूलाई सीपमुलक तालिम दिई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने आधारभूत कम्प्युटर तालिम आजदेखि डोटीको बुडरमा सुरु भएको छ । 

स्थानीय निब्बल कम्प्युटर इन्स्टिच्युट बुडरमा सञ्चालन हुने तालिममा ९ जना महिला र ६ जना पुरुषको सहभागिता रहेको नेपाल आदिवासि जनजाति महासङ्घ डोटीका अध्यक्ष कृष्ण दर्लामीले बताउनुभयो । तालिम घरेलु तथा साना उद्योग विकास समिति राजपुर डोटीको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको हो ।


Don't Miss
© all rights reserved
made with by netKUTI