Responsive Ad Slot

latest

नुवाकोटको तुप्चे गाविस सबैभन्दा सुग्घरी गाविस I

Thursday, December 22

/ by Admin BHOLA THAPA

नुवाकोट
पुस ७ गते

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले प्रकाशित गरेको एक तथ्याङ्क अनुसार तुप्चे गाविस जिल्लाकै सबैभन्दा सुग्घरी गाविसमा सुचीकृत भएको छ । तुप्चेका ७० दशमलव सात ४ प्रतिशत घरमा शौचालय रहेको कार्यालयले जनाएको छ । कार्यालयले हालै प्रकाशित गरेको खानेपानी तथा सरसफाइबाट लाभान्वित घरधुरी विवरणमा तुप्चे गाविसका एक हजार दुई सय ३७ घरधुरी मध्ये आठ सय ७५ घरले शौचालयको प्रयोग गर्ने गरेको उल्लेख छ ।

गाविसमा आठ सय ५० घरधुरीले शुद्ध खानेपानीको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लाको घ्याङफेदी गाविस सबैभन्दा फोहोरी गाविसको रुपमा रहेको तथ्याङ्कले देखाएको छ । विकट गाविसको रुपमा चिनिने घ्याङफेदीको गाविसका चार दशमलव नौ पाँच प्रतिशतले मात्र शौचालयको प्रयोग गर्ने गरेको तथ्याङ्क छ ।

कार्यालयको प्रतिवेदनमा गाविसमा रहेका ६ सय ६ घरधूरी मध्ये ३० घरले मात्र शौचालयको प्रयोग गर्ने गरेका छन् । कार्यालयका अनुसार विदुर नगरपालिकामा ८१ दशमलव पाँच सात प्रतिशत घरमा शौचालय, चौघडा गाविसमा ५१ प्रतिशत, मनकामना गाविसमा ५५ प्रतिशत, खानीगाउँमा ६१ प्रतिशत घरमा शौचालय रहेको र बाँकी गाविसमा ५० प्रतिशत भन्दा कम शौचालय रहेको खानेपानी कार्यालयको तथ्याङ्कले देखाएको छ । नुवाकोटका ५७ हजार एक सय १५ घरधुरीमध्ये ४३ हजार ९ सय ५६ घर धुरीमा खानेपानीको सुविधा र १७ हजार ७ सय ९२ घरधुरीमा शौचालय भएको देखाइएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI