दोलखा
पुस ७ गते
दोलखाली किसानले उत्पादन गरेको फलफुल, तरकारी र अन्य कृषि बालिको प्रसारप्रचार गर्ने प्रमुख उद्देश्यका साथ भोलीदेखी दोलखा सदरमुकाम चरिकोटमा बृहत दोलखा कृषि प्रदर्शनी महोत्सव हुने भएको छ । जिल्ला कृषि सहकारी संघ र कृषि उपज बजार समिती दोलखाको आयोजनामा हुने महोत्सवमा कृषि क्षेत्रमा भएको आधुनिकीकरणको बारेमा सबै किसानलाई जानकारी गराउन विभिन्न छलफल कार्यक्रम समेत आयोजना गरिने आयोजक समितिका सदस्य सिताराम ओलीले जानकारी दिनु भयो ।
महोत्सवमा कृषि तथा कृषिजन्य सामानको उत्पादन तथा विक्री वितरण हुनाको साथै कृषि प्राविधिक परामर्श सेवा उपलब्ध गराइने छ । पशु स्वास्थ्य परामर्श र विभिन्न सास्कृतिक समेत आयोजना गरिने छ । महोत्सवले किसानलाई पनि केहि गरौ भन्ने प्रेरणा मिल्ने आयोजक संस्थाका सन्तोष राउतले जानकारी दिनुभयो ।