Responsive Ad Slot

latest

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा करिब सात हजार लिटर अवैध मदिरा नष्ट I

Thursday, December 22

/ by Admin BHOLA THAPA

स्याङ्जा
पुस ७ गते
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बरामद गरेको करिब सात हजार लिटर अवैध मदिरा आज नष्ट गरेको छ । पुतलीबजार नगरपालिकाबाट नियन्त्रमा लिएको करिब सात हजार मदिरा जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिका, पत्रकारहरुको रोहबरमा आँधिखोलाको किनारमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले पुष ५, ६ र ७ गते दिनसम्म प्रहरी निरिक्षक अर्जुन बहादुर गहतराजको नेतृत्वमा अनुगमन गरेको हो । स्याङ्जाको पुल्चोक, भुपु सैनिक टोल, बिरेन्द्रनगर र प्रगति नगर, बाडखोलामा अनुगमन गरेको हो । अनुगमका क्रममा टोलिले करीब १०० वटा होटल तथा घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा अनुगमन गर्दै छापा मारेको हो ।
यसैबीच आफुहरुलाई बैकल्पिक व्यावस्था नभएसम्म मदिारा उत्पादन गर्न दिनुपर्ने माग गदै आज दिनभर जिल्ला प्रहरी कार्यालयमा मदिरा उत्पादकहरुले धर्ना दिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI