तनहुँ ९ पौष: भानु गाउ बिकास समिती तनहुँ को नबनिर्मित भबन पौष १३ गते उद्घाटन गरिने भएको छ । गाउ बिकास समिती प्राङ्गनमा एक कार्यक्रम का बिच स्थानिय बिकास मन्त्री टोप बहादुर रायमाझीले नबनिर्मित गाउ बिकास समिती भबनको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउ बिकास समिती सचिब अर्जुन बोहोराले जानकरी दिनु भयो । शान्ती तथा पुननिर्माण मन्त्रालयको २० लाख ९९ हजार २ सय ९७ रुपैयाको लागतमा बि स २०६६ साल बैशाख बाट निर्माण कार्य सुरु गरीएको सो भबन को गत मङ्सिर महिनामा निर्माण कार्य सम्पन्न भएको सचिब बोहोराले जानकारी दिनु भयो ।