नारायण सापकोटा -
चितवन ,पुस १५ गते ।
पूर्व पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम ककसका अध्यक्ष पृथ्बि सुब्बा गुरुङले संघियतामा राज्यलाई लैजादा सबै समुदाय र क्षेत्रका मानिसलाई समेट्न सकिने हुदा यसको बिरोध कसैले गर्न नहुने बताउनु भएको छ ।
संघियताको बिरोध गर्नु भनेको नेपालका पछाडि पारीएका जनतालाई अधिकार दिन नखेज्नु नभएको भन्दै गुरुड्डले यसको बिरोध नर्गन सबैलाई आग्रह समेत गर्नु भयो ।तमु ल्होछारको अबसरमा गुरुड्ड महिला राष्ट्रिय परिषद् चितबनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा गुरुड्डले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै गुरुड्डले जनजातिको भाबनको सम्मान हुने संबिधान नबने देशले ठुलो मुल्य चुकाउनु पर्ने चेताबनि समेत दिनु भयो ।
यस्तै सोहि कार्यक्रममा प्रधानसेनापति छत्रमान सिंह गुरुड्डले गुरुड्ड महिला राष्ट्रिय परिषद् चितबनले आफुलाई सम्मान गरेकोमा खुसी ब्यक्त गर्नु भयो । उहा“ले आज तमुहरुको चाडको दिन भएको हुदा राजनैतिक बिषयबस्तुमा केही नबोल्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरीएको थियो ।
१२ जना गुरुड् बृद्धबृदा , गुरुड्ड समुदायबाट डाक्टर र ईन्जिनियर विषय लिएर अध्ययगर्ने व्यक्तित्वलाई पनि सम्मान गरीएको थियो । यसैबीच आज गुरुङ समुदायको तमु ल्होछार, हर्Èोल्लास पूवर्क मनाएका छन् । गुरुङ समुदायले पूरानो वर्Èको अन्त्य र नया“ वर्Èको स्वागतका रुपमा हरेक वर्È पुस १५ गते परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् । नेपाल धर्म निरपेÔ राष्ट्र घोÈित भए यता तमु ल्होछारलाई राष्ट्रिय पर्वको मान्यता सगै २०६४ सालदेखि सार्वजनिक विदा दिदै आएको छ ।
सम्पुर्ण तमुहरुको कामना, तमुवान राज्यसहितको शान्ति र संविधान हाम्रो चाहना भन्ने नाराकासाथ यो पर्व मनाएका हुन् । तमु भाÈामा ल्हो को अर्थ नया“ र छारको अर्थ वर्È भन्ने लाग्छ । त्यसैले यो पर्वलाई नया“ वर्Èका रुपमा मनाउने गरिन्छ । आजको दिन तमु समुदायले चामल, घिउ र मासुको विशेÈ परिकार बनाएर परिवार तथा आफन्तस“ग बसेर रमाइलो गरी खाने चलन छ ।
नया“ बर्षको स्वागतमा परम्परागत भेषभुसामा सजिएर नाचगान गर्नु यो पर्वको अर्को विशेÈता हो ।विरालोवर्गलाई विदाई गर्दै गरुडवर्ग प्रवेशमा यो वर्ष ल्होछार पर्व भव्यताका साथ मनाउदै छन् । १२ वर्षपछि एकपटक मात्रै आउने गरुडवर्ग संगै तमु समुदायले यो वर्ष तीन दिन सम्म ल्होछार पर्व मनाउदैछन् ।
यसैबीच तमु ल्होछारका अवसरमा राष्ट्रपति डा. रामवरण् यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुभकामना सन्देश जारी गर्दै तमु समुदायको दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।