Responsive Ad Slot

latest

प्रमुख प्रतिपक्षीद्धारा ७ बुदे सहमति कार्यान्वयन गर्न माओबादीको ध्यानाकर्षण I

Monday, December 26

/ by Admin BHOLA THAPA


काठमाडौ पुस ११ गते ।

प्रमुख प्रतिपक्षी दलहरुले कार्तिक १५ गते भएको ७ बुदे सहमति कार्यान्वयन नगरेको भन्दै माओबादीको ध्यानाकर्षण गराएका छन् । सिहदरबार स्थीत शान्ति मन्त्रालयमा आज बसेको प्रमुख तीन दलको बैठकमा काग्रेस र एमालले माआबोदीको कारण ७ बुदे सहमति अनुसार शान्ति प्रक्रिया अगाडी बढ्न नसकेको भन्दै तत्काल कार्यान्वयन गर्न माओवादीको ध्यानाकर्षण गराएको हुन् । बैठकमा सेना समायोजनको मुद्धामा देखिएका जटिलता शिर्षतहमा छलफल गरेर टुङ्गो लगाउने सहमती भएको काग्रेस नेता अर्जुन नरसिह केसीले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकमा संसदमा बिचाराधिन रहेको बेपत्ता नागरिक छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागी कार्यदलले तयार पारेको बिद्येयक माथिको प्रतिवेदनका सम्बन्धमा अध्ययन गरी संसदबाट पारित गर्ने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई , काग्रेस सभापति सुशिल कोईराला , एमाले अध्यक्ष झलनाथ खनाल , माओबादी अध्यक्ष प्रचण्ड लगाएतका नेताहरुको उपस्थीत रहेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI