काठमाण्डौ , पुस ११ गते ।
पटक पटक पछाडी सार्दै आएको माओबादीको केन्द्रिय समितिको बैठक आज फेरी भोलीका लागी सारीएको छ । अस्ती सुरु भएर आजका लागी बोलाइएको बैठक आज पनि कम्युनिष्ट नेता माओको जन्मजयन्ती परेकाले सारीएको जनाएको छ । अध्यक्ष प्रचण्डको प्रंस्तावका विरुद्धमा बैद्य पक्षले आजको बैठकमा फरक मत सहितको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो ।
आज कम्युनिष्ट नेता माओको जन्मजयन्ती परेकाले बैठक सारिएको माओबादी सचिव सिपि गजुरेलले जानकारी दिनुभयो । हरेक बर्षको डिसेम्बर २६ तारीखका दिन विश्वभरीका कम्युनिष्टहरुले माओत्से तुङलाई संझने गर्दछन । ११८ औ माओ जयन्ती माओ बिचारधारा मान्ने नेपाललगायत बिभिन्न देशका कम्युनिष्ट पाटीले उहाँको स्मरण गरीएको छ ।
नेपालको माओबादीले पनि माओत्सेतुङको विचारलाई मार्गदर्शक विचारका रुपमा लिएको बताउने गरेको छ । तर माओको मार्ग दर्शन नयाँ विश्वमा अस्वभाविक र अव्यवहारिक भएको भन्दै कम्युनिष्टहरुले नै संसोधन गर्न थालेका छन । चिनीया जनवादी क्रान्तिका पर्वतक माओले माक्सवादी, लेनिनवादी बिचारधारालाई चिनमा कार्यान्वयन गराउनु भएको थियो ।