Responsive Ad Slot

latest

होटलमा बम विष्फोट, एकको मृत्यु I

Monday, December 26

/ by Admin BHOLA THAPA
दीपेन्द्र शाक्य
खाँदबारी, पुस ११ - संखुवासभाको चैनपुर-४ स्थित मादी होटलमा सोमवार विहान बम विष्फोट हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

बिहान १० बजे भएको बम विष्फोटमा मर्नेको पहिचान हुन सकेको छैन । शरिर क्षतविक्षत अवस्थामा रहेकाले मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बम कस्ले विस्फोटन गरेको हो भन्ने थाहा हुन सकेको छैन् । घटना स्थलमा पाईप बमको टुक्राहरु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आईतवार साँझ जिल्लाकै जलजला गविस घर बताउने प्रकाश न्यौपाने नाम लेखाएर होटलमा बास वसेका उनी पुनः आईतबार विहान साथीसंग आएका थिए । एक जनाले खाना खाँदै गरेको र अर्के एक जना आराम गर्छु भनरे कोठामा गएका थिए । त्यसको केहिवेरमै कोठाबाट विस्फोटनको आवाज आएको थियो । विस्फोट पछि खाना खाँदै गरेका अर्का व्यक्ति पनि खाना छोडेर भागेको होटल मालिक गोकुल ढुंगनाले बताए । उनीहरु को हुन् भन्ने बारेमा केही जानकारी नभएको ढुंगनाले बताए ।

घटनास्थलबाट प्रहरीले एउटा झोला बरामद गरेको छ । मृतकको शव चैनपुर स्थित प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ । फरार भएका अर्का व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । चैनपुर बजारको त्रिचोकमा रहेको मादी होटल इलाका प्रहरी कार्यालय चैनपुर भन्दा करिब सय मिटरको दुरीमा पर्छ । होटल घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । मादीराम्बेनी निवासी गोकुल ढुंगानाले केही बर्ष देखि भाडामा होटल गदै आएका थिए । साभार:ईकान्तिपुर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI