नारायण सापकोटा
चितवन
पुस ११ गते ।
“पर्यटनको विकास, अर्थतन्त्रलाई निकास ः युवाहरुको विश्वास’ भन्ने नाराका साथ शुक्रबार देखि सुरु भएको नेपाल जेसिसको ३८ औं राष्ट्रिय महाधिवेशनले तेज शंकर भटट्को नेतृत्तवमा बर्ष २०१२को लागी नया कार्य समिती चयन गरेको छ । भट्ट, संदेशदास श्रेष्ठ, जगत पोखरेललाई पछि पार्दै आफ्नो पुरै प्यानल सहित बिजयी हुनु भएको हो ।
यसअघि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एलके शर्मा भट्टराइले उम्मेदवारी फिर्ता लिएपछि ३ जना अध्यक्षमा पदका लागी चुनाबि मैदानमा उत्रिएका थिए । यस्तै ४ जना कार्यकारी उपाध्यक्षका लागि १० जनाले र १० जना राष्ट्रिय उपाध्यक्षका लागि १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
जेसीजको एकवर्षे कार्यकालका लागि कुल १५ जना केन्द्रीय पदाधिकारी निर्वाचित भएको महाधिवेशन निर्देशक कञ्चन अग्रवालले जानकारी दिनुभयो । पर्यटन वर्ष परेका कारण नेपाल जेसिसले आफ्नो राष्ट्रिय महाधिवेशनलाई पर्यटन प्रवद्र्धनमै लक्षित गरेको थियो । महाधिवेशनका क्रममा पर्यटनको विकास, अर्थतन्त्रलाई निकास ः युवाहरुको विश्वास’ भन्ने विषयमा विचार गोष्ठी समेत आयोजना गरेको जनाईएको छ ।
महाधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवन र नवलपरासीका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराईएकोे नारायणगढ जेसिसका अध्यक्ष प्रकास पौडेलले जानकारी दिनुभयो ।
महाधिवेशनको माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो । शुक्रबारबाट नारायणगढको नारायणी किनार प्रर्दशनी स्थलमा शुरु भएको ३८ औ राष्ट्रिय महाधिवेशनमा देशभरिका ४४ जिल्लामा रहेका १ सय ४ वटा शाखाबाट २ हजार प्रतिनिधिले सहभागिता जनाएका छन् । यसमध्ये १ हजार ५ सय ३८ जनाले निर्वाचन प्रकृयामा मतदान गरेका थिए ।