Responsive Ad Slot

latest

सुष्माको जवानी देखेर हात्ती तर्सियो I

Monday, December 26

/ by Admin BHOLA THAPA
काठमाण्डौ, पौष ११,

हट एण्ड बोल्ड हिरोईन सुष्मा कार्कीको मस्त जवानी देखेर जिब्रो नटोक्ने सायदै होलान । एक बर्ष अघि रिलिज भएको चलचित्र ब्याच नम्बर १६मा नेपाली चलचित्रका इतिहासमा हाल सम्मकै खरो किस सिन दिएकी उनी पछिल्ला समय बनिरहेका मेघा प्रोजेक्टका सिनेमामा पनि आईटम हिरोईनको रूपमा डिमान्डेवल छन् ।


एउटा गीतका लागि समेत चर्को पैसा लिन थालेकी सुष्मामा बालापन ब्यबहारले बेला बेलामा चर्चा पनि पाईरहन्छ । कहिले उनी जानी-जानी चर्चाको बिषय बन्छिन त कहिले अन्जानमै । र यस्तै चर्चा योग्य बिषय उनी चितवन पुग्दा भयो । एक सताअघि एक म्यूजिक भिडियो छायाकंनका लागि चितवन गएकी सुष्माले हात्तीमाथि बसेर विभिन्न टेक दिईरहेकी थिईन । 

जव उनी ड्रेस चेन्ज गरेर नारायणी नदीको छेउमा पुनः हात्तीमाथि बसेर विभिन्न मुडमा आफ्नो जवानी क्यामेरामा कैद गर्न लागेकी थिईन तव उनी चढेको हात्तीलाई के भयो कुन्नी उनलाई हात्तीले नारायणी नदीको चिसो पानीमा फ्याकिदियो ।


पुसको चिसो जाडोमा पानीमा भिज्दा हट नदीको चिसोले भने खासै असर गरेन तर हात्तीको बज्र उफ्राइले उनको खुट्टामा चोट लागेको छ । अहिले उनी घरमै आराम गरेर बसिरहेकी छिन् ।

 उनले भनिन 'खासै त्यस्तो ठूलो चोट त हैन तर माथिबाट झर्दा अलिकति चोट लाग्यो तर हात्तिले मलाई त्यस्तो गरेपनि सफारीको मज्जा छुट्टै थियो । ' फिल्मीखबर
Don't Miss
© all rights reserved
made with by netKUTI