लालबहादुर ढेंगा,

सन् २००८ मा ठूलो सपना बोकेर रोजगारीका सिलसिलामा युएईमा आएका चरिकोट भिनपा–११, दोल्खा निवासी प्रकाश बस्नेतको हातल पनि कम पीडाजनक छैन् । दुबईको जेवेलअलिस्थित एउटा कम्पनीमा कार्यरत बस्नेतको दुईवटै किडनी फेल भई जिन्दगीको निराशाजनक स्थितिमा पुगेको छ । विगत ९ महिनादेखि बिरामी रहेको र अस्पतालको रिपोर्ट अनुसार एउटा किडनी फेर्नको लागि लगभग ने.रु १५ लाख खर्च आउने बताएका छन् ।
आफुले काम गरेको कम्पनीले पनि यहि ३० दिसेम्बर २०११ सम्म मात्र ड्यूटी रहेको जानकारी दिएको छ । नेपालमा आफ्नो घरमा बाबा आमा, श्रीमती र दुई छोराहरु जिम्मेवारी रहेको बस्नेतको हालत निकै निराशाजनक रहेको छ । उहांको जिन्दगीको लागि कसैको सानो सहयोगले पनि धेरै ठूलो सहयोग हुन्छ ।