Responsive Ad Slot

latest

पानी छोएको निहुँमा दलितमाथि कुटपीट, कारवाही माग गर्दै राजमार्ग अवरुद्ध I

Tuesday, December 27

/ by Admin BHOLA THAPA
समुन्द्र पौडेल, तनहुँ, पुस १२- सार्वजनिक धारामा गैरदलितको गाग्री छोएको भन्दै तनहुँमा दलित महिला कुटिएपछि दोषीलाई कारवाहीको माग गर्दै दमौलीमा राजमार्ग अवरुद्ध पारिएको छ। दोषीउपर कानुनी कारवाही नभएसम्म राजमार्ग नखोल्ने भन्दै दलित संघसंस्थाहरुले प्रदर्शन गरिरहेका छन्।

नेपाल दलित संघ सहितका संघस्थाको अगुवाइमा भइरहेको प्रदर्शन सुरुमा एक घण्टाका लागि भनिएको थियो। पछि दोषीलाई पक्राउ गरी कारवाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।

तनहुँ घासिकुवा-१, नाहालामा डेरामा बस्दै आएकी माया विश्वकर्मालाई स्थानीय अजित श्रेष्ठको परिवारले धारामा गाग्री छोएको निहुँमा आइतबार कुटपीट गरेको थियो। कुटपीटबाट सख्त घाइते भएकी उनलाई परिवारले २० घण्टा पछि सोमबार अस्पताल भर्ना गरेको थियो। दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार गराउइ रहेकी २७ वर्षिय मायाको कुटपीटबाट देब्रे पाखुरा, गर्धन र अनुहारमा चोट लागेको छ।

घटनाको विरोधमा दलित संघसंस्थाहरुले पृथ्वीराजमार्ग अवरुद्ध पारेपछि पोखराबाट काठमाडौं हिँडेका र दमौलीहुँदै पश्चिमतर्फ गइरहेका सवारी साधन बाटोमै रोकिएका छन्।नागरिक न्युज
Don't Miss
© all rights reserved
made with by netKUTI