एजेन्सि, १२ पुस ।
![]() |
फोटो विविसी |
भ्रष्टाचारका विरुद्ध कडा कानूनको माग गर्दै भारतिय सामाजवादी नेता अन्ना हजारेले आजदेखि फेरि ३ दिने अनसनमा बस्दैछन । अनसन बस्न हजारे दिल्ली गएका छन । हजारेले सँसदमा छलफल पछि पनि सशक्त लोकपाल विधेयक नआएमा मुम्बईको ३ दिने अनशनपछि डिसेम्बर ३० तारिखदेखि काँग्रेश नेतृ सोनिया गान्धीको घर बाहिर अनशन बस्ने घोषणा गरेका छन । सोहि दिन अन्नाका समर्थकहरुले शान्तिपुर्ण रुपमा प्रहरीसँग गिरफ्तारी दिने पनि बताईएको छ ।
आजदेखि भारतीय सँसदमा लोकपालको विधेयकमाथी छलफल शुरु हुने भएपछि अन्नाले शक्तिशाली लोकपाल विधेयक ल्याउन सरकारलाई दवाव दिन अनशन बस्न लागेको बताईएको छ । यसैवीच, अन्नाका सहयोगी अरविन्द केजरीवालले अन्नाको आर एस एससँग कुनै सँलग्नता नरहेको स्पष्ट पारेका छन । काँग्रेश महासचिव दिग्वीजय सिँहले आईतबार अन्ना हजारे राष्ट्रिय स्वयंसेवक सँघ आरएसएससँग आवद्ध रहेको आरोप लगाइपछि केजरीवालले राजनैतिक नेता र भ्रष्ट तत्वले आन्दोलनलाई राजनैतिक रंग दिने कोशीस गरेको आरोप लगाएका छन ।