Responsive Ad Slot

latest

कविता I

Thursday, January 26

/ by भगवती वस्नेत
कविता

तिमीले दिएको घृणा,तिरस्कार
हाँसी हाँसी लिएँ
सबै उपनाम
खोकिलामा राख्दा
त्यो कडा
गन्धले उकुसमुकुस बन्दै
आजित,त्रसित मन भाव शुन्य बन्यो
धेरै धेरै समयसम्म।

कमल हिलोमा मै फुल्छ
सुनगाभा भिरमा नै रमाउँछ
म तिम्रो घृणा,तिरस्कारमा
तृप्त हुदैँ
उम्दा अश्लील, विचारहीन
शब्दहरूले
मेरो मुटुसम्म छोएर
म स्वबिचारक बन्न सकेँ !

धन्य तिमी सुन्दर उपहार दिन सक्यौ
तिम्रो अमूल्य रत्न म जनमभर
सम्हालेर राख्नेछु
थुकेर,चुसेर,कुल्चिएर फाल्यौ
फेरि अंकुराउन सकुँ !
धिक्कार ! आफैँलाइ तिमीलाइ केहि दिन सकिन!!
Don't Miss
© all rights reserved
made with by netKUTI