Responsive Ad Slot

latest

कतारका प्रवासी नेपाली तामाङ समाजबाट १ करोडको लगानिमा छिमेकी मार्ट सञ्चालनमा

Monday, January 30

/ by Admin BHOLA THAPA

रवि रोषी ÷दोहा

कतारमा गठन भएको नेपाल प्रवासी तामाङ समाजले एक करोडको लगानीमा सुपर मार्केट सञ्चालन गर्ने भएको छ । नेपाल प्रवासी तामाङ समाजको विशेष अभियानमा कतारमा रहेका ५० जना तामाङ हरुबाट १ करोडको लगानीमा काठमाण्डौँ महानगरपालिका रामहिटी वडा न.ं ६ बौद्धमा छिमेकी मार्ट यहि फेब्रुअरीको १ तारिखबाट सञ्चालनमा आउने कुरा नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष तथा छिमेकी मार्टका सञ्चालक समितीका अध्यक्ष शंखलाल तामाङले बताए । दैनिक उपभोग्य सामानहरु र विभिन्न घरेलु प्रयोजनमा आउने सामानहरु लगायत बहु प्रकारका सामानहरु उपभोक्ताहरुलाई एउटै छानोमुनि उपलव्ध गराई उपभोक्ताहरुलाई सेवा पुर्याउने उद्येश्य रहेको छिमेकी मार्टका वित्तिय निर्देशक तथा प्रोजेक्ट कोअर्डिनेटर विनेश तामाङले बताए । सामूहिक लगानीको अवधारणा नेपाल प्रवासी तामाङ समाजले केहि बर्ष अगाडि लिएर आएको र सवैको साझा सहमति र ऐक्यबद्धताबाट मासिक बचतको कार्यक्रम गर्दै २ बर्षको अन्तरालमा हामी मार्ट खोल्न सफल भएका हौँ वित्तिय निर्देशक विनेश तामाङको भनाई रहेको थियो ।
हाल कतारमा रहेका नेपाल प्रवासी तामाङ समाजका सदस्यहरुको मात्र लगानीबाट सञ्चालन हुन लागेको भएपनि भोलिका दिनमा गैर तामाङहरुलाई पनि शेयर बिक्री गर्ने योजना रहेको बताउँदै कतारमा रहनेहरु जो कोहिले पनि लगानी गर्न मार्ग प्रशस्त गरिने कुरा अध्यक्ष शंखलाल तामाङले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI