Responsive Ad Slot

latest

बिमलेष र ती युवती I

Tuesday, January 31

/ by Admin BHOLA THAPA

काठमाण्डौ,
माघ १७ -फिल्मी जमघटमा प्राय मौन देखिने ब्रेकफेल हिरो बिमलेष अधिकारी सोमबार साँझको एउटा जमघटमा भने निकै खुलेका देखिन्थे । हिरोईन ऋचाको दाईको बिहेको रिसेप्सन पार्टीमा ह्याण्डसम भएर पुगेका अधिकारी उक्त माहोलमा गर्जियस भएर आएकी एक युवतीसंग निकै दिल खोलेर नाचे ।

झट्ट हेर्दा हिरोईन उषा पौडेल जस्ती ती युवतीसंग विमलेष पार्टी अवधिभर पुरै नाचे । जव जव डिजेले म्यूजिकको साउन्ड बढाउथे तव तव बिमलेषले ती युवतीलाई आफ्नो बसमा पार्न सम्पूर्ण कसरत गर्थे । अनि ती युवती पनि के कम हिरो आफ्नो अगाडी नाचेपछी उनी पनि विना हिचकिचाहाट आफ्नो पाईलालाई विमलेष तिर अगाडी बढाउथिन् ।



पार्टीमा झुमेका बिमलेषले अन्य उपस्थित पाहुनाहरूको ख्यालै नगरी यसरी नाचे कि लाग्थ्यो उनीहरू एकअर्कासँग निकै नजिक छन् । यि दुईको दुरी घटाउन डिजेले अझ थप मद्दत पुर्‍याएका थिए। जव डिजेले 'दाईको साली भाईको नि साली..', 'ससुरालीमा ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा..', 'मन परेरै हो कि..', 'हिजो अस्ति त्यहिं पर भेटेको...' जस्ता गीत घन्काए तव बिमलेष र ती युवतीको आकर्षण ज्यादै भएको देखिन्थ्यो । पार्टीको उक्त माहोलमा करिब दुई घण्टा उनीहरू निरन्तर नाचे भने छुट्टिने बेला पनि उनीहरूले एकले अर्कालाई बाई भने ।

नयाँ प्रोजेक्टको तयारीमा जुटेका विमलेषले अहिले आफ्नो शरिरलाई २५ प्रतिशत घटाएका छन् । 'चाडै नै फिट भएर नयाँ गेटअप देख्नु हुनेछ', शरिर मेन्टेनको बिषयमा उक्त माहोलमा फिल्मीखबरले जिज्ञासा राख्दा उनले भने, 'दर्शक र समयको माग अनुरूप आफूलाई मेन्टेन गर्दैछु ।' म्यूजिक भिडियोबाट करिअर सुरू गरेका उनले ब्रेक फेल रिलिज नहुदा सम्म म्यूजिक भिडियो प्रस्ताव बहिस्कार गरेका थिए तर देश अनुसारको भेष भने झै उनी पनि अन्य कलाकार झै म्यूजिक भिडियोको यात्रालाई पनि फिल्मको अभिनयसंगै डोर्‍याउने तयारीमा पुगेका छन् ।साभार: फिल्मीखबर,
Don't Miss
© all rights reserved
made with by netKUTI