प्रेम स्याङतान तामाङ,
सुनसरी जिल्ला सिंगिया गा.विस वार्ड नं ७,की २६ वर्षिया मनमाया तामाङको दुवै मृगौला खराव भएकोले निकै कष्टकर पूर्ण जिवन विताउँदै आएकी छिन् । मृगौला प्रत्यारोपन गर्न आर्थिक समस्या परेकोले प्रवासमा रहेका सम्पूर्ण नेपालीदाजुभाई तथा दिदीवहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेकी छिन् ।
आर्थिक अभावका कारण मृगौला प्रत्यारोपन गर्न नसकेर हप्ताको दुईपटक डायलिस गर्दे आई आई रहेकी पिडीत मनमाया तामाङले फोन सम्वादमा भनिन् । हप्तामा दुईपटक डायलिस गराउँदै आएको छु । एउटा मात्र मृगौला प्रत्यरोपन गर्न ५देखि ६ लाख सम्म पर्छ त्यतिका धेरै आर्थिक जुटाउन गाह्रो भएकोले प्रवासमा कार्यरत दयालु नेपाली दाजुभाई तथा दिदीवहिनी सामु आर्थिक सहयोगको लागि अनुरोध गरेकी हुँ ।
दुईवटा मृगौला प्रत्यारोपन गर्न नसके पनि एउटा मात्र मृगौला प्रत्यरोपन गर्न पाए वाँच्न सकिन्थ्यो टेलिफोनमा भनिन् । पिडीत मनमायालाई आर्थिक सहयोग गर्न गर्न चाहानु हुने महानुभावहरुले उनको वैंक अफ काठमाण्डौको वैंक खाता नं ०५११०००४०५८३ मा सिधैं रकम जम्मा गर्न पनि सक्नुहुनेछ । अथवा पिडीतको नेपालको सम्पर्क मोवाईल नम्वर ००९७७९८४९५५१९९७ मा सम्पर्क राख्न सक्नु हुनेछ ।





