विनु थिङ तामाङ, तेल-अविव,इजरायल, माघ १७,
तामाङ समुदायको महान धार्मिक तथा सांस्क्रितिक पर्व २८४८ औ डुक ल्होछार साँझ - २०१२ कार्यक्रम “नेपाल तामाङ समाज,इजरायल”को आयोजनमा जनवरी २८ तारिखको दिन तेल-अविव स्थित खलोनको ग्यालेक्सी पार्टी प्यालेसमा विविध सांस्कृतिक कार्यक्रम तथा रात्री भोज (Dinar Party) संगै भव्यताका साथ सम्पन्न गरेको छ |
दुई चरणमा विभाजित सो कार्यक्रमको पहिलो चरणको कार्यक्रम "ताम्सालिङ भाबाला लागिरी, जाम्वुलिङला मोक्कन तामाङ गिक ताअी" भन्ने मुल नाराको उद्गार गर्दै संस्थाका महासचिव सुन्दर सिंह लामा तामाङ र सह-कोषाध्यक्ष उर्मिला पाख्रिन तामाङले संचालन गर्नु भएको थियो |
कार्यक्रमको सभापतित्व “डुक ल्होछार मुल समारोह समितिको संयोजक तथा संस्थाको अध्यक्ष ” बी बी लामा तामाङ रहनु भएको थियो भने प्रमुख अतिथिमा नेपाली राजदुतवास तेल-अविव, इजरायलका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख रमेश प्रसाद खनाल र अतिथिहरूमा तमु समाज,इजरायलका अध्यक्ष यम गुरुङ, ह्योल्मो समाज,इजरायलका उपाध्यक्ष गोपाल ह्योल्मो,शेर्पा संघ इजरायलका अध्यक्ष पासाङ शेर्पा र शेर्पा किदुक इजरायलका अध्यक्ष तेन्जिङ शेर्पा रहनु भएको थियो | अतिथीहरूलाई खादा तथा ब्याज लगाई सम्मान गरिएको थियो | खादा तथा ब्याज लगाउन संस्थाको सदस्य प्राज्ञ पाख्रिन तामाङ र निलम तामाङले सह्योग पुराउनु भएको थियो |
कार्यक्रमको उत्घाटन प्रमुख अतिथिबाट कुन्ताङमा छ्योमे (पानसमा बत्ती) दीपा प्रज्जवलन गरिएको थियो | नेपाली राष्ट्रिय गानको सुमधुर धुनको साथै मातृभुमीप्रति श्रद्दा दर्शौउदै सम्पूर्ण उपस्थित महानुभावहरु आ-आफ्नो स्थानबाट उठेर राष्ट्रिय गान संगै स्वरमा स्वर आबद्द मिलाउनु भएको थियो |
नेपाल तामाङ समाज,इजरायलका सह-उपाध्यक्ष दल वहादुर लोप्चन तामाङले कामको व्यस्तताको बाबजुत पनि कार्यक्रममा सह्भागी हुनु भएका सम्पुर्ण ज्योज्यो/आले नाना आङ (भुरिङ) लगायत सम्पुर्ण स्वदेशी (नेपाली) तथा बिदेशि पाहुना महानुभावहरुको साथमा ल्होछार पर्व मनाउन पाउदा आफू लगायत सम्पूर्ण नेपाल तामाङ समाज,इजरायल (परिवार) खुशि भएको व्यक्त गर्नु हुँदै स्वागत तथा ल्होछार पर्वको शुभकामना दिनु भएको थियो ।
अतिथिको तर्फबाट तमु समाज,इजरायलका अध्यक्ष यम गुरुङ र शेर्पा संघ, इजरायलका अध्यक्ष पासाङ शेर्पाले ल्होछार पर्वको शुभकामना मन्तव्य व्यक्त गर्नु हुनाको साथै प्रवासमा रहेर पनि आफ्नो जातिय सास्क्रितीलाई निरन्तता दिने कार्य गरेकोमा आयोजक “नेपाल तामाङ समाज,इजरायल”लाई धन्याबाद व्यक्त गर्नु भएको थियो ।
नेपाल तामाङ समाज, इजरायलकी सह-कोषाध्यक्ष सुश्री उर्मिला पाख्रिन तामाङको संयोजकत्वमा ७ सदस्यीय “तामाङ कल्याणकारी कोष” को स्थापना गरेको घोषणा गरिएको थियो । जसमा बी बी लामा तामाङ, दल वहादुर लोप्चन तामाङ, सुन्दर सिंह लामा तामाङ, सोनी तामाङ, कान्छी तामाङ, जुनुमाया लामा तामाङ गरी ७ जनाले जनाही प्रतिव्यक्ती १ लाख १ रुपैयाँको दरले जम्मा ७ लाख ७ रुपैयाँ कोषमा जम्मा गरि कोषको सुरुवात गरिने प्रति बद्दता जारी गर्नु भएको थियो | नेपालमा दूरगम तथा पिछिडिएका क्षेत्रमा रहेको तामाङ समुदायको हितको लागि स्वास्थ्य, शिक्षा, धार्मिक तथा संस्कृतिक र वातरणिय क्षेत्रहरुमा सह्योग गर्नको लागि सो कोशको रकम द्वारा सह्योग गर्ने मुख्य उद्देस्य रहेको जानकारी गराएको थियो | उक्त कोषमा स्वदेश तथा बिदेशमा रहेका तामाङ सुमदायले सम्वन्धित देशको मुद्रा,प्रति दिन १/१ को दरले सहयोग राशी जम्मा गरी उक्त कोष वृद्धि गर्नमा सहयोग पुराउनु हुन सम्पूर्ण तामाङ समुदायहरुलाई आह्वान गरिएको थियो |
कार्यक्रमका प्रमुख अतिथी रमेश प्रसाद खनालले आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै प्रवासमा रहेर पनि आफ्नो जातिगत धर्म संस्कृतीको जगेर्ना गर्दै आफ्नो समुदाय लगायत अन्य जातजातीहरुलाई समेत समेटेर एकै ठाउमा जम्मा भई तामाङ जातिको महान पर्व डुक ल्होछार कार्यक्रम आयोजन गरिएकोमा “नेपाल तामाङ समाज,इजरायल”लाई बधाई दिनुको साथै कार्यक्रममा आफू उपस्थिती हुन पाउदा खुशी व्यक्त गर्दै ल्होछार पर्वको उपलक्ष्यमा इजरायलबासी तामाङ समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा नेपाली राजदूतावास,इजरायलको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो ।
पहिलो चरणकै कार्यक्रम अन्तर्गत संस्थाको हितको लागि संचारको माध्यमबाट सह्योग पुराउनु भएकोमा “नेपाल तामाङ समाज,इजरायल”को तर्फबाट कार्यक्रमका प्रमुख अतिथी रमेश प्रसाद खनाल ज्यूले अनलाईन न्यूज मिडिया “नेपाल इजरायल डट नेट”लाई सम्मान-पत्र प्रदान गरिएको थियो | साथै नेपाल तामाङ समाज, इजरायलका पदाधिकारीहरु सह-उपाध्यक्ष दल वहादुर लोप्चन तामाङ, प्रथम उपाध्यक्ष श्रीमति अनिता पाख्रिन तामाङ, सदस्यहरु संगिता दोङ तामाङ, कान्छी घिसिङ तामाङ, सानु थिङ तामाङ, माया पाख्रिन तामाङ, माया घिसिङ तामाङ सल्लाहकार मिलन लामा तामाङ र सल्लाहकार श्रीमति विनु थिङ तामाङलाई प्रशंसा-पत्र सहित सम्मान गरिएको थियो । त्यसै गरि नेपाल तामाङ समाज,इजरायलको स्थापना काल देखि नै संस्थाको हितको लागि सहयोग गर्दै आइरहनु भएका सुश्री मञ्जु खड्का र श्रीमति अञ्जु राउत लामालाई पनि प्रशंसा-पत्र द्वारा सम्मान गरिएको थियो ।
दोश्रो चरणको सास्क्रितिक कार्यक्रम नेपाल तामाङ समाज, इजरायलका सह-उपाध्यक्ष दल वहादुर लोप्चन तामाङ,सदस्य लक्ष्मी तामाङ र छोइसाङ थिंग तामाङले संचालन गर्नुभएको थियो । इजरायलमा रहेर आफनो गायनकला लाइ अगाडी बढाई रहेर "पर्खाइमा" एल्बम निकाली सक्नु भएका नबोदित गायक ओम प्रसाईका साथमा अन्य स्थानिय कलाकारहरुद्वारा तामाङ जातिको संस्कृती झल्किने गीत संगित तथा नेपाली गीत संगितहरुको समिश्रणमा विभिन्न तामाङ सेलो गीतमा रोचक नृत्यहरु प्रस्तूत गरेर अन्य उपस्थित सम्पूर्णलाई जोडदार,उत्साहका साथ हाल परिबेशमा ग्रुप नृत्य पनि गरिएको थियो । साथै राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीतहरु र तामाङ तथा नेपाली भाषाका गीतहरु ,गजल र कविताहरुको स-मिश्रण प्रस्तूतीले कार्यक्रमलाई झनै रौनकता थपेको थियो । सम्पुर्ण कलाकारहरू (गायन तथा निर्त्य)गजल वाचाक र कविता वाचिकाहरूलाई आयोजकको तर्फबाट वहाँहरूको सहयोग र कला तथा उत्कृस्ट प्रतिभालाई सम्मान गर्दै कार्यक्रमको सभापतिद्वारा प्रशंसा-पत्र बितरण गर्नु भएको थियो |
विहानको करिव ५ बजेसम्म चलेको उक्त कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति बी बी लामा तामाङले नेपाल तामाङ समाज,इजरायल द्वारा आयोजित ल्होछार साँझ कार्यक्रममा आफुहरुले गरेको निमन्त्रणलाई स्वीकार गर्दै प्रमुख अतिथीको रुपमा पाल्नुभएका नेपाली राजदूतावासका मिनिस्टर काउन्सीलर तथा उपनियोग प्रमुख रमेश प्रसाद खनालप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा पाल्नुभएका संघसंस्थाका अतिथिहरू,अहोरात्र खटिनुभएका नेपाल तामाङ समाज,इजरायलका पदाधिकारीहरु, डुक ल्होछार मुल समारोहका आयोजक (सदस्यहरू) स्वयम् सेवकहरू ,विभिन्न संघसंस्थाहरु, प्राविधिक मित्रहरु, मिडिया पार्टनार नेपाल इजरायल डट नेट र हाम्रो संसार नेट, सम्पूर्ण कलाकारहरु, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सह्योग पुराउनु हुने मित्रहरू,कार्यक्रममा सह्भागी हुनु हुने इजरायलवासी तामाङ ज्योज्यो/आले नानाआङ (भुरिङ)हरू लगायत सम्पुर्ण इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरूलाई धन्यवाद ज्ञापन दिनु भएको थियो ।
साथै आगामी दिनहरुमा पनि यसैगरी सबैको साथ माया , ममता र सहयोग पाउने अपेक्षा राख्नु हुँदै २८४८ औं तामाङ डुक ल्होछारको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सूख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्नु हुँदै कार्यक्रमका सभापति बी बी लामा तामाङले डुक ल्होछार साँझ २०१२ कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।