Responsive Ad Slot

latest

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ I

Thursday, January 26

/ by Admin BHOLA THAPA

चितबन माघ १२-प्रहरीले चितवनमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आगो लगाई ज्यान मार्न खोज्ने, लागुऔषध सेवनमा संलग्न तथा सार्वजनिक स्थानमा झैझगडा गर्नेहरु रहेका छन् ।

यही माघ १० गते चितवन रत्ननगर नगरपालिका– २ टाँडी बस्ने सुनिल श्रेष्ठलाई एक महिलालाई आगो लगाई ज्यान मार्न खोज्ने अभियोगमा पक्राउ गरी कारबाही थालेको चितवनका प्रहरी प्रमुख भुपाल भण्डारीले बताए ।

पोखरा उपमहानगरपालिका–११ फूलबारी माइती भएकी ज्योती नेपाली विकेलाई मट्टितेल खन्याई आगो लगाई मरणासन्न अवस्थामा घाइते तुल्याई श्रेष्ठ फरार भएका थिए । श्रेष्ठलाई सातदिनको म्याद थप गरेर बिहीबारबाट अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस्तै लागुऔषध डाइजेपामसमेतका सिरिञ्जसहित सेवन गरिरहेको अवस्थामा यहाँ प्रहरीले छ जनालाई पक्राउ गरी कारबाही थालेको छ । पक्राउ पर्नेहरुमा भनपा– ७ का २२ वर्षीय रविन भण्डारी, २९ वर्षीय भरत मगर, फूलबारी– १ का १६ वर्षीय सुभाष गुरुङ, भनपा– ५ का २३ वर्षीय प्रेम लामा, १९ वर्षीय विवेक श्रेष्ठ र २० वर्षीय उमेश भुसाल रहेको चितवन प्रहरीले जनाएको छ । यस्तै नारायणगढ, पुलचोकमा सार्वजनिकस्थलमा विभिन्न क्रियाकलापमा संलग्न भनपा– ११ का सुमित थापालाई पनि पक्राउ गरी कारबाही थालिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI