Responsive Ad Slot

latest

यात्रुबहाक बस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु I

Monday, January 16

/ by Admin BHOLA THAPA



पाल्पा माघ २ गते ।

पाल्पाबाट गुल्मी जाँदै गरेको एक यात्रुवाहक बस आज राति दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् ।
ओरालोमा चिप्लिएपछि नियन्त्रण गुमाएर बस पल्टेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टेको छ।  सोमबार बेलुका करिब ८ बजे लु १ ख ४३१० नम्बरको बस पाल्पा देउराली गाविसको जोर्तेमा दुर्घटना भएको हो।

घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक ऋषिराम ज्ञवालीका अनुसार तीनैजनाको बसले च्यापिएर मृत्यु भएको हो । 'रातको समय र अप्ठेरो पहाड भएकाले उद्दारमा समस्या भएको छ,' नागरिकसँग ज्ञवालीले टेलिफोनमा भने, 'दुई घण्टा बित्न लाग्दा पनि च्यापिएका शव निकाल्न सकेका छैनौं।' उनले १५ जना घाईते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताए। घाईतेलाई तानसेन स्थित मिसन अस्पताल ल्याइएको छ। च्यापिएका शव निकाल्न स्थानीय, प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएका प्रहरी राती साढे नौबजे सम्म प्रयासरत छन्।

गुल्मीको रिडीमा लागेको माघे संक्रान्ति मेलाबाट फर्केका सवारीले गर्दा सडकमा सवारी चाप बढी थियो। अत्यन्तै ओरालो ठाउँमा ब्रेक लगाएपछि बस नियन्त्रण गुमाएर चिप्लिदै भित्तामा ठोकिएर सडक किनारको नालीमा पल्टेको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।

जोर्ते भीरमा हरेक वर्ष हुने दुर्घटनामा यात्रुले ज्यान गुमाउदै आएका छन्। पाल्पा-गुल्मी सडक अन्तर्गत करिव एक किलोमिटरको जोर्ते भिर सडक खण्डलाई सबैभन्दा जोखिमपूर्ण मानिन्छ। पटकौंका दुर्घटना पछि सडक स्तरोन्नत गर्ने आवाज उठे पनि काम भने हुन सकेको छैन। दुई महिना पहिले यहि स्थानमा ट्रक खसेर तीनजनाले ज्यान गुमाएका थिए। जोर्ते भिरमै विगतमा भएका एकै दुर्घटनामा ३४ जना सम्मले ज्यान गुमाएका छन्।
(नागरिक)

Don't Miss
© all rights reserved
made with by netKUTI