Responsive Ad Slot

latest

प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्छ भन्न सुहाएनः खनाल I

Friday, January 27

/ by Admin BHOLA THAPA
रासस
दाङ (तुलसीपुर), माघ १३ - एमाले अध्यक्ष झलनाथ खनालले सरकारकै किचलोका कारण शान्ति र संविधानको काम रोकिएको भन्दै तत्काल प्रधानमन्त्रीले राजीनामा दिनाको विकल्प नरहेको बताएका छन् ।
प्रेस चौतारी

दाङले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, 'अबको समस्याको समाधान प्रधानमन्त्रीको राजीनामा मात्र हो, उहाँले गाँठो फुकाउन राजीनामा दिएर सहमतिको सरकारको बाटो खुल्ला गरिदिनुपर्छ ।'

उनले प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्छ भन्न नसुहाउनेसमेत बताए । 'प्रधानमन्त्रीले राजीनामा दिनाको साटो फेरि पनि आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्छ भन्दै हिँड्नु नसुहाउँदिलो काम हो,' उनले भने ।

शुक्रबारदेखि घोराहीमा हुने एमाले राप्ती अञ्चलस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिहीबार बेलुका दाङ आउएका अध्यक्ष खनाल र पार्टी सचिव शङ्कर पोखरेलले दाङका पर्यटकीयस्थल बाह्रकुने ताल र पाण्डेश्वर मन्दिरको पनि अवलोकन गरे ।
Don't Miss
© all rights reserved
made with by netKUTI