चितबन माघ १५ गते ।
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन इष्टु चितवन र प्याव्सनबीच सहमति भएपछि आजदेखि जिल्ला भित्रका निजी तथा संस्थागत विद्यालयमा पठनपाठन सुरु भएको छ । हिजो प्याब्सनस“ग इष्टुको तीन बु“दे सहमति भएको हो ।
जिल्ला शिक्षा कार्यालयमा भएको वार्तामा फागुन पहिलो साता (४ गते) भित्र बढेको तलव शिक्षकलाई उपलव्ध गराउने, माघ मसान्त सम्ममा विद्यालयको अनुगमन सकेर आगामी आर्थिक वर्षमा विद्यालयले विद्यार्थीबाट लिने शुल्क निर्धारण गर्ने विषयमा सहमती भएको इष्टु चितवनका अध्यक्ष केशवराज पाठकले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा र संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेको पहलमा वार्ता भएको हो । शिक्षकहरुको आन्दोलनका कारण चितवनका निजि विद्यालयहरुको पठन पाठन बुधवारदेखि ठप्प भएको थियो । बन्दका कारण नीजी बिद्यालयमा अध्ययनरत जिल्लाका ५१ हजार ७ सय ४८ बिद्यार्थी मर्कामा परेका थिए ।
कार्तिक १५ गते सरकारी विद्यालयका शिक्षक सरह सेवा सुविधा उपलव्ध गराउने सहमती भएपनि कार्यान्वयन नभएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।