सरोज पंहाङ्गो लिम्वू
अबुधावी । नेपाल आदिबासी जनजाति महासंघ -महासंघ) यूएईमा आबद्ध विभिन्न संघ संस्थाहरुले ४ वर्षे कार्यकाल सकेर स्वदेश र्फकन लाग्नु भएका यूएईका लागी नेपाली राजदूत अर्जुन बहादुर थापालाई एक विशेष कार्यक्रमको आयोजना गरी विदाई गरेका छन् । महासंघसंग आबद्ध संस्थाहरु किरात याक्थुङ चुम्लुङ यूएई, मगर संघ यूएई, तामाङ समाज यूएई, शेर्पा किदुग यूएई, तमु समाज यूएई तथा किरात राई यायोख्खा यूएईले दुबईको ‘एभरेष्ट ईन्टरनेशनल होटल’ एक औपचारिक कार्यक्रमको आयोजना गरी राजदूत थापालाई सम्मान तथा विदाई गरेका हुन् ।
महासंघका महासचिब सरोज पंहाङ्गो लिम्वूको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमका सभापति महासंघका कार्यबाहक अध्यक्ष महेश मोक्तानद्वारा महामहिम राजदूत अर्जुनवहादुर थापालाई सम्मानपत्र हस्तान्तरण गरि दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने महासंघमा आबद्ध यूएईका विभिन्न जातिय संस्थाहरु क्रमस तमु समाज यूएई, किरात राई यायोक्खा यूएई. तामाङ समाज यूएई, शेर्पा किदुङ यूएई, किरात याक्थुङ चुम्लुङ यूएई, मगर संघ यूएईका संस्था प्रमुख लगायत पदाधिकारीहरुले आआफ्नो संस्थाको तर्फबाट सम्मान तथा प्रशंसापत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका थिए । 


महासंघका संस्थापक अध्यक्ष, सल्लाहकार तथा नेपाली समाजका भूतपूर्व अध्यक्ष यमप्रसाद तमूले बिगत चार बर्षबाट युएईमा रहेका नेपालीहरुको संरक्षकत्व भूमिका निर्बाह गर्दै आउनु भएका महामहिम राजदूत अर्जुनवहादुर थापालाई बिदाई गर्नु परेकोमा दुख ब्यक्त गर्दै युएईमा स्थापित नेपाली संघ संस्थाहरुमा उहाँले पुर्याउनु भएको सहयोग सदभाब र अबिभाकत्वको उच्च मुल्यांकन गर्दै उहाँको कार्यकालमा महासंघले राजदूतावासबाट पाउनु पर्ने सहयोग पुर्णरुपमा पाएको दाबि गर्नु भएको थियो ।
शुभकामना मन्तब्यकै क्रममा महासंघका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार, किरात याक्थुंङ चुम्लुंङ, युएईका अध्यक्ष पिएस निङलेकु लिम्बूले संयुक्त संयुक्त अरब ईमिरेट्सका लागि नेपालका प्रथम आवासीय राजदूत महामहिम र्जुनवहादुर थापाले राजदूतको हैसियतमा कर्तव्यनिष्ठ भई संयुक्त अरब ईमिरेट्समा वसोवास गरिरहेका नेपालीहरुलाई दूतावासको श्रोत साधनले भ्याएसम्म चुस्त दुरूस्त सेवा दिने वातारणको श्रीजना गर्नु भई नेपाली समुदायबीच अभिभावकीय भूमिका निर्वाह गर्नुहुंदै नेपाल र संयुक्त अरब ईमिरेट्स बीचको कुटनीतिक सम्वन्ध थप प्रगाढ वनाउन महत्वपूर्ण योगदान गरी सफलतापूर्वक आफ्नो कार्यकाल समाप्त गरी स्वदेश र्फकन लाग्नु भएको अवसरमा हार्दिक आभार प्रकट गर्दै महामहिमको सुखद भविष्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा किरात राई यायोक्खा, युएईका अध्यक्ष कटक राई, शेर्पा किदुङ, युएईका अध्यक्ष पासाङ शेर्पा, तामांङ समाज युएईका अध्यक्ष राम मोक्तान, मगर संघ युएईका अध्यक्ष नूनप्रसाद सोमै मगर तथा अतिथि नेपाली राजदूतावास, युएईका नियोग उप प्रमुख दिपक अधिकारी लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत अर्जुनवहादुर थापाले छोटो सूचनाका अधारमै भए पनि यसरी बिदाई समारोह आयोजना गरी सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै, यो सम्मान आफुलाई माया गरेको भन्दै अगाडी बढ्न मार्गनिर्देशन हो भन्नु भएको थियो ।
यसैक्रममा आफ्नो कार्यकालमा सम्पन्न केहि कामहरु मध्ये नेपाल र युएई सरकार बिच चेम्बर अफ कमर्स सम्झौता , परराष्ट्र मन्त्रीको भ्रमणको ब्यबस्था मिलाई दुई देश बिचको विविध समस्याहरु बिच छलफल गराई युएईमा रहेका कामदारहरुको लागि न्युनतम तलब धिराम ६०० प्लस २०० पाउने ब्यबस्था मिलाएको, पर्यटन महोसत्वको आयोजना जस्ता कार्यहरुको यसरि नेपाली संघसंस्थाहरु द्वारा आयोजित बिदाई कार्यक्रममा सरिक भएर यहाँ रहेका नेपालीहरुबाट बिदा हुनु परेको दुख ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अथितिहरु राजदूतावासका प्रथम सचिब लोकबहादुर क्षेत्री, नेपाल जनसम्पर्क समितिका, युएईका उपाध्यक्ष खेमराज बस्नेत लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको यस कार्यक्रममा बिशेष गरेर जनजातिहरुमा नराम्रो कामलाई नराम्रो र राम्रो कामलाई राम्रो भन्न सक्ने बिशेषता भएकोले पनि युएईमा रहेका सामाजिक संस्था तथा नेपालीहरुको हितको लागि पुर्याउनु भए अतुलनीय योगदानको कदर गर्दै महामहिम राजदूतलाई सम्मान गरि बिदाई गरिएको स्पस्ट पार्दै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनु हुने महासंघका सम्पूर्ण पदाधिकारी, महासंघसंग आबद्ध जनजातीय संघ संस्थाहरु तथा कार्यक्रममा उपस्थित सम्पूर्ण सबैमा हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रमका सभापति महेश मोक्तानले कार्यक्रम समाप्त भएको घोषणा गरे लगत्तै समाप्त भएको यस कार्यक्रमलाई महासंघका प्रथम उपाध्यक्ष डिआर. गुरुङले संचालन गर्नु भएको थियो ।