पत्रकारद्वारा कालो पट्टी बाँधेर विरोध
मकर श्रेष्ठ
भक्तपुर, माघ १७ - नगरकोट–नाल्दुङ उत्सवको उद्घाटन गर्न नगरकोट पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई मुल्यबृद्धिको विरोधमा बिद्यार्थीले कालो झण्डा देखाएका छन् । एमाले भातृ संगठन अखिलका बिद्यार्थीले कालो झण्डा देखाएका हुन् ।
२०४८ औं डुक ल्होछारको अवसरमा उत्सवको आयोजना गरिएको हो । भक्तपुरमा बाटोमा समेत विरोधको तयारी भएपछि आफुले चढ्ने गरेको मुस्ताङ म्याक्स गाडी छाडेर स्कारपियोमा गएका प्रधानमन्त्री भट्टराईलाई बाटोमा भने विरोध भएन ।
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोधमा युवा विद्यार्थीले कार्यक्रमहरु गर्दै आएको छ । उपत्याकासमेत बन्द गरिसकेको उनीहरुले आपुर्ती मन्त्री र प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने गरेका छन् ।
यसैबीच सूचना गोप्य राख्ने आदेश जारी गरेको विरोधमा पत्रकारहरुले पनि हातमा कालोपट्टी बाँधेर समाचार संकलन गरेका छन् । साभार: ईकान्तिपुर