Responsive Ad Slot

latest

तामाङहरुको सोनाम ल्होछार–२८४८ कसरी मनाउदै छन त कतारमा ? I

Tuesday, January 17

/ by Admin BHOLA THAPA
तामाङहरुको महान पर्व सोनाम ल्होछार–२८४८ विश्वभरी रहेका तामाङहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै भब्यरुपमा मनाउदै छन । बिगतका वर्षहरु जस्तै यो वर्ष पनि नेपाली प्रवासी तामाङ समाज कतारले यहि २० जनवरीमा सोनाम ल्होछार मनाउन लागेको छ । तामाङहरुको पर्व सोनाम ल्होछार–२८४८ नै मध्यनजर गर्दै हामीले कतारमा कार्य तामाङहरुसंग सोधेका र्छौ । उहाँहरुले प्रवासमा रहेर पनि कसरी मनाउने सोचमा हुनुहुन्छ ल्होछार ? भन्ने विषयमा तनहुँ खबर डटकमले गरेको कुराकानी जस्ताको त्यस्तै । तनहुँ खबर डटकमका पाठकहरु सम्पूर्णलाई सोनाम ल्होछार–२८४८को हार्दिक शुभकामना दिनचाहान्र्छौ ।
बिभिन्न कार्यक्रम सहित शुभकामना आदान प्रदान गदै ।
थर्चा लामा
तिप्लीङ –४ धादिङ
हाल दोहा कतार
ल्होछार ल्हो भनेको वर्ष छार भनेको नयाँ हो ल्होछार सम्पुर्ण तामाङहरु महान चाड पर्व हो । पुरानो बर्षलाई बिदाइ गरेर नयाँ बर्षको स्वागत गर्ने भएकोले नै ल्होछार भनिएको हो ।
ल्हो बर्ग १२ वटा हुन्छ प्रत्यक बर्षमा परिवर्तन भैइ रहेको हुन्छ । ल्होछारमा बिभिन्ना पुजा अर्चना गरि सबै शान्तिको कामना गर्दै लुङतार,दरचो लगएर मनाउ छन । नेपालमा भको भए घर घरमा (लुङतार,दरचो) लगाएर (खप्चे) सेल रोटी बनाएर पुरै परिवार एक सथा बसेर ५÷६ दिन मेला लगएर तामाङ सेलो तुङना डम्फु बजाउदै धेरै रामईलो गरिन्थे हाल प्रावास मा छु घर परिवार संगि साथीहरुलाई धेरै मिस गरेको छु । प्रावासमा रहेर पनि हाम्रो भाषा,धर्म,संस्कृति र परम्परालाई भुल्नु हुन्दैन भन्ने मुल नारा बनाउदै नेपाल प्रवासी तामाङ समाजले कतारमा प्रत्येक बर्ष झै यो वर्ष पनि मित्रा रोशन दोङ तामाङको संयोजकतमा विभिन्न पेशामा कार्यरत तमाम तामाङ दाजुभाई तथा दिदी वाहिनीहरुमा भाई

चाराको सम्वन्ध गाँस्ने,ल्होछारको शुभकामना आदान प्रदान गर्ने यहि जनवरी २० शुक्रबार कतारका स्थानिय कलाकारहरुको विभिन्न तामाङ संस्कार झल्कने नृत्य झाँकी र नेपालवाट तामाङ समुदायमा विशिष्ठ पहिचान बनाएका चर्चित तामाङ गायक राम बावु योञ्जन जीको बेजोड प्रस्तुतीहरु रहनेछन् यसरी नै यसपालीको ल्होछार मनाउने सोचमा छु ।
अन्तमा देश बिदेशमा रहनु भएका समस्त नेपाली दाजु,भाई तथा दिदी बाहिनीहरुमा सोनाम ल्होछार–२८४८ को पावन अवसरमा सु–स्वास्थ्य,सुख शान्ति,समृद्धि एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

परिवारको साथमा मनाउछु ।
रोशन दोङ तामाङ
चापाखोरी काभ्रे, नेपाल
हाल दोहा कतार
२८४८ औ डुक (Dragon) ल्होछार यस पाली नेपाल प्रबासी तामाङ समाज कतार ले २० जेने व री, २०१२ मा गुल्फ प्याराडाइस होटेल भब्य कार्यक्रम गरी मनाउदैछन । म पनि यसै कार्यक्रम मा सहभागी भएर मनौदैछु ।

ल्होछार परिवार सँग नमनाएको धेरै बर्षा भयो । यसपाली चाही सगै बसेर मनाउने सोच बनएको छु । नेपालमा जनवरी २४ तारिकमा ल्होछार मनाउने तिथी रहेको छ । कतारको ल्होछार कार्यक्रम सकिन साथ म नेपाल प्रस्थान गर्नेछु । यस पालीको ल्होछार म आफ्नो परिवार साथ बसेर मनाउने छु ।
सोनाम ल्होछार हामी तामाङ हरु को महान पर्ब हो । पुरानो ल्हो लाई बिदाइ गरेर नया ल्हो को स्वागत गर्ने भएकोले नै ल्होछर भनिएको हो । बिभिन्न १२ वटा ल्हो हरु जस्तै; बिरालो(खरायो), गडुल्(ड्रगोन्), सर्प्, घोड, भेडा, बादर्, चरा, कुकुर्, सुङ्गुर्, मुसा, गोरु(गाइ) अनि बाघ प्रत्यक बर्ष मा परिवर्तन भैइ रहन्छन । यही बिसेश जनावरहरुलाई ल्हो को रूप मा स्वागत गर्दै बिभिन्न पुजा अर्चना गरी मनाउनु पर्दछ । आफ्नो सम्पूर्ण परिवारहरुलाई निम्तो दीइ घरमा बोलाएर बिभिन्न खानाको परिकारहरु बनाइ खानु पर्दछ, ठुलाबड, लामा गुरु बाट आसिर्बाद लिनु पर्दछ । आफ्नो मौलिक पहिचान बोकेको गीत्संगीत, नित्यहरु गरी मनोरन्जन गर्नु पर्दछन ।
हाम्रो सस्कृति, हाम्रो भाषा, हाम्रो भेस्भुषा नै हाम्रो पहिचान हो । हामी जहाँ गए पनि, जहाँ रहे पनि यस्को सधै सम्रक्षण अनि प्रबर्धन गर्नु हाम्रो परम कर्तब्य हो ।

चाडवाड आउँदा नरमाईलो लागेको छ ।
डोल्मा तामाङ
तिप्लीङ –४ धादिङ
हाल दोहा कतार
सायद प्रवासमा रहेर होला अलि नरमाईलो लागे पनि आज हाम्रो आप्ःनो संस्कृती र रितिरिवाज प्रवासमा पनि मनाउन पाउदा खुसि लागेको छ । हुन त स्वदेशमा रहदा हाम्रो लोक संस्कृती (लुङ्घदर दर्जो ) लगाएर भगवान गौतम बुद्धले दिनु भएको सन्देशलाई आत्मसाथ गर्दै यस पर्वको अवशरमा आफन्तजनहरुको माझ रहेर खुसि बाड्ने प्रचलन हुन्छ तथापी सम्पुर्ण आफन्तजन देश परदेशमा छरिएर रहनुहुने नेपालीहरुमा ल्होछारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।


प्रवासमा आफ्नो चाडवाड मनाउन पाउँदा खुशी छु ।

माया तामाङ
भक्तपुर नेपाल
हाल दोहा कतार
ल्वहोछार हामी बौद्ध धर्मालम्वीहरुको महान पर्व हो । नेपाली समय अनुरुप यहि आँउदो जनवरी २४ तारिखका दिन यो पर्व पर्ने भएता पनि हामि यहाँ कतारमा आगामी जनवरी २० तारिखका दिन नेपाल प्रवासि तामाङ समाज कतारको आयोजनामा मनाउन गईरहेका छौँ । प्रवासमा रहेर पनि यसरी आप्ःना चाडपर्व मनाउन पाउदा स्वदेशमानै रहेको आभाश भईरहेको छ र यस प्रकारको बातावरण सृजना गरि यो अवशर मिलाएकोमा छरिएर रहेका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदीबहिनीहरु माझ आयोजक कमिटिलाई धेरै धेरै धन्यबाद दिन चाँहन्छु ।

शुभकामना आदान प्रदान गर्दै ।
प्रकाश मम्ब तामाङ
हाल : दोहा,कतार

रितिरिबज अनुसार मनाउने गरिनछ र अफु भन्दा ठुलो बटटा ढोक गारी असिर्बाद लिने चलान छ । त्यसैगरी हामी पर्देशमा भाएका साबै तामाङ दाज्यू भाई र दिदी बहीनीहरुले पनि त्यो दिन नभए अरु कुनै छुट्टीको दिन साबै मिलिझुली मनाउने गरिन्छ । यस्तै नेपाल प्रबसी तामाङ समाज दोहा कतारले पनि यहि मिती २० जनवरी २०१२ शुक्रबारको दिन गल्फ पाराडाइज होटलमा विभिन्न पेशामा कार्यरत तमाम तामाङ दाजुभाई तथा दिदीवहिनीहरुले पनि एक आपासमा नयाँ बर्षको शुभकामना आदान प्रदान गरिने छ । आफ्नो भाषा,धर्म,संस्कृति र परम्परा अनुसारको नृत्यहरु झल्काउने छन । जस्तै पूर्व तिरको डम्भुको नाच रा यता पश्चिम तिरको चही कतारका स्थानिय कलाकार थर्चा लामाजी बट्टा म्हेन्दो माया नाचको साथ्मा साबैले भाब्यरुपम मनोरन्जनात्मक २८४८ औ डुक ड्राईगन ल्होछार मनाइने छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI