सुजितकुमार अर्याल बारा, माघ ३ गते -
नेपाली काग्रेसकी नेतृ सुजाता कोईरालाले सरकारले शान्ति प्रकृयालाई निष्कर्ष पुर्याएमा तथा क्यान्टोनमेन्ट खाली गरेमा नेपाली काग्रेस सरकारमा सामेल हुने बताएकीछन् । नेपाल प्रेस युनियन बाराले मंगलवार सिमरा विमानस्थलको विशिष्ठकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले विगतमा नेपाली काग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने सहमति भएको समेत बताईन् । उनले द्वन्दकालमा एकीकृत माओवादीले कब्जा गरी वितरण गरेको लालपुर्जा नेपाली काग्रेसलाई अमान्य हुने बताईन् । जनताको सम्पत्ति लुटने , बदमाशी गर्ने अनि त्यसलाई मान्यता दिने काम गलत भएको बताउदै उनले सरकारको कटु आलोचना समेत गरिन्। यसरी गरेभने शान्ति प्रकृया कसरी अगाडी बढछ उनले प्रश्न गरिन् ।उनले यो १२ बुँदे सम्झौता विपरित भएको बताईन् । शासकीय स्वरुपमा नेपाली काग्रेसको स्पष्ट मान्यता प्रधानमन्त्रीय प्रणाली भएको बताउदै कोईरालाले काग्रेसले राष्ट्रपतीय प्रणाली स्विकार नगर्ने बताईन् । उनले एकीकृत माओवादीले हामी माझको विश्वसनीयता गुमाउदै गएको बताईन् । उनले एकीकृत माओवादीको एक समूहले झगडा गरेजस्तो देखाउने अनी मिल्ने जस्तो नाटक गरिरहेको उनले आरोप लगाईन्। एकीकृत माओवादीले छिटो भन्दा छिटो संविधान नबनाए सबैभन्दा ठूलो घाटा उसैलाई हुने उनको कथन थियो । नेपाली काग्रेस विधिको शासन मान्ने भएको बताउदै सर्वोच्च अदालतले संविधानसभा सम्बन्धी गरेको निर्णय को विपरित नजाने उनले बताईन् । नेपाली काग्रेसले हिमाल पहाड तर्राई मिलेको संघीयता चाहेको उनले बताईन् । उनले पार्टी सभापतिले जे भन्छन त्यो नै काग्रैसको अधिकारिक धारणाहुने बताईन् । पार्टी भित्र रहेको आन्तरिक विवाद मिल्ने बताउदै विवादहरु विस्तारै साम्य हुदै गईरहेको बताइन् । कालिका एफ एम