तनहुँ माघ १६ गते ।
एमाले घाँसिकुवाको अधिवेशन आज तनहुको घाँसिकुवामा सम्पन्न भएको छ । एमाले केन्द्रिय सदस्य टुकराज सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष केदार सिग्देल सचिव विद्या ढकाल,जिल्ला सदस्य भगवलि न्यौपाने,मित्रवन्दु न्यौपाने,क्षेत्रिय अध्यक्ष ऋषि पन्त लगाएतले वोल्नुभएको थियो ।
अधिवेशनले मधुविलास पण्डितको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्ष मुक्तवहादुर भुजेल,सचिव खननाथ अधिकारी,उपसचिव पुर्ण वहादुर महत रहनुभएको छ । सोही कार्यक्रममा तिल गिरीको अध्यक्षतामा युवा संघ गाउँ कमिटी गठन गरिएको एमाले जिल्ला सचिव विद्या ढकालले जानकारी दिनुभयो ।