काठमाण्डौ माघ ६ गते ।
माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले जारी सेना समायोजनको प्रक्रियाबाट स्थाई शान्ति कायम हुनै नसक्ने ठोकुवा गर्नु भएको छ ।
नेपालवाणी नेटवर्कको वाणी वहसमा माओबादी नेता बैद्यले माओबादी लडाकुहरुको समायोजन सम्मानजनक नभएकाले स्थाई शान्ति हुन नसक्ने दावी गर्नू भयो ।,उहाले अहिलेको समायोजन प्रक्रिया प्रति तिन ओटा असहमति रहेको पनि जानकारी दिनुभयो ।
तत्काल नयाँ सरकार गठन गर्नका लागी प्रक्रिया थाल्नेगरी संस्थापन पक्षसंग मेलमिलाप भएको उपाध्यक्ष बैद्यको भनाई थियो । उहाले नयाँ राष्टिय सहमतिको सरकार गठनका लागी प्रक्रिया अगाडी बढाउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइएको पनि उहाले बताउनु भयो ।