दाजुभाइ दिदीबहिनीहरुमा
साहित्यिक अभिवादन
प्रेस विज्ञप्ति
नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको अर्को मुख्य लक्ष्य भनेको विश्वको कुनै पनि कुनामा छरिएर रहेका नेपाली साहित्यकार र अन्य भाषा भाषिकाका साहित्यकारहरुलाई एकै छानोमा एकछत्र बनाउनु पनि हो ।
यही जनवरी २७ तारिखका दिन साउदी अरेवियाको दमाममा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त क्वीज स्मारिका लोकार्पण गरिएको छ । उक्त अवसरमा साउदी अरेवियामा समाजसेवामा विशेष योगदान पु¥याउनु हुने चार जना समाजसेवीहरु तारा भण्डारी, तुल्सीमाया गुरुङ्ग, कुमारी सुनारी मगर र यास्मिन बेगम सैयद ज्यूलाई दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गरिएको छ भने विश्व नेपाली साहित्य महासंघका साउदी अरेवियामा रहेका पाँच जना आजीवन सदस्यहरु खगेन्द्र अधिकारी अमृत, कुमार श्रेष्ठ यात्री, सागर श्रेष्ठ, दुर्गाबहादुर भण्डारी र अञ्जना अधिकारीलाई दोसल्लाका साथ सम्मान पत्रले सम्मान गरिएको छ । अनलाइन हाजिरीजवाफ प्रतियोगीतालाई प्रचार प्रसार गर्नमा विशेष सहयोग गर्ने मिडिया पार्टनरहरु

खगेन्द्र अधिकारी अमृत, दुर्गा बहादुर भण्डारी, तिलक गुरुङ्ग, विष्णु बहादुर थापा, कुमार श्रेष्ठ, सुर्य विक्रम याक्खा, दिल कुमार श्रेष्ठ, मायां श्रेष्ठ, दुर्गा गुरुङ्ग, निरा राजवंशी, जिवन थापा मगर, गणेश पाण्डे, सरोज आले मगर, सुरज गिरी, रविन्द्र खड्कालाई पनि सम्मान गरिएको छ ।
पिएनएन अनलाइन रेडियो लगायत हाम्रो संसार डटनेट, सिर्जनाका लहरहरु, पाख्रीबास डटकम डट एनपि, जिएफएनएल डट ओआरजी, नेपाली समाचार डटकम र अन्य मिडिया पार्टनरहरुले अनलाइन मार्फत यस कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेका थिए ।


अनलाइन मार्फत साहित्यिक रचनाहरु पनि समावेश गरिएको थियो जसमा इजराइलबाट भगवती बस्नेतले आफ्नो गजल बाचन गर्नुभएको थियो । उपस्थित अन्य साहित्यप्रेमी महानुभावहरुले आफ्ना कविता मुक्तक र गजलहरु प्रस्तुत गर्नुभएको थियो ।

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरका अध्यक्ष तिलक गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले संचालन गर्नुभएको थियो ।


खगेन्द्र अधिकारी अमृत
अध्यक्ष
जीवन थापा महासचिव
विश्व नेपाली साहित्य महासंघ
शाखा साउदी अरेविया