दाङ माघ १५ गते ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनताले चाहेमा अबको प्रधानमन्त्री आफु बन्ने बताउनुभएको छ । रिपोर्ट्स क्लबले बिहान दाङको लमहीमा गरेको पत्रकार सम्मेलनमा नेता ओलीले अवसर दिएमा आफु सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभयो । आफूहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताउँदै नेता ओलीले राष्ट्रिय सहमतिको सरकार बन्न नसके बहुमतको सरकार पनि बन्न सक्ने जिकीर गर्नुभयो ।
नेता ओलीले माओबादी जनसत्ताको कामलाई वैधानिकता दिने निर्णय गरेर सरकारले आफ्नो आयु आफ्ै छोट्याउने काम गरिरहेको दाबी गर्नुभयो । जनसत्ताको कामलाई सरकारले वैधानिकता दिने निर्णय गरेको छ यो हामीलाई मान्य छैन, त्यसैले यो निर्णय तत्काल फिर्ता हुनुपर्छ ओलीले भन्नुभयो ।
शान्ति र संविधान निर्माणलाई टुङ्गोमा पु¥याउनुको विकल्प नभएको बताउँदै उहाँले त्यसका लागि माओवादी इमान्दार भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । वर्तमान सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना नरहेको बताउँदै नेता ओलीले यसका लागि यो सरकारले बाटो खोल्नुपर्ने बताउनुभयो । पार्टीभित्र भएको एकताको बिषयमा पत्रकारहरुले सोधेको प्रश्नमा नेता ओलीले ठट्यौली पारामा अध्यक्ष झलनाथ खनालले भने जस्तै पार्टी भित्र भावनात्मक एकता भैसकेको दाबी गर्नुभयो ।