काठमाण्डौ, माघ १४,
लामो समय देखि ब्रेक भएको चलचित्र 'किन किन' को सुटिङ पुन: शुरू गरिएको छ । नायक राजेश हमालले समय नदिएका कारण अवरूद्व उक्त चलचित्रको हाल नगरकोट र आसपासमा क्षेत्रमा धमाधम सुटिङ भईरहेको निर्देशक उकेश दाहालले फिल्मीखबरलाई जानकारी गराए ।


चलचित्रमा सुवास थापा, राज तिमल्सिना, शशि खड्काले पनि मुख्य भुमिका निर्वाह गरेका छन् भने शिब ढकालले फिल्म खिचिरहेका छन् । चलचित्रमा महेश खड्काको संगीत रहेको छ ।फिल्मीखबर