Responsive Ad Slot

latest

* कस्ले लेख्यो 'काठमाण्डू' ? I

Sunday, January 29

/ by Admin BHOLA THAPA
काठमाण्डौ, माघ १५-चलचित्र 'काठमाण्डू' को रिलिज मिती जति नजिकिंदै छ त्यतिनै मात्रामा यसको चर्च परिचर्चा हुन थालेको छ । चलचित्रको गीतसंगीत देखि भिडियो क्वालिटी अनि प्रोमोको सबैले खुलेर तारिफ पनि गरेका छन् ।




चारैतिरबाट चर्चा पाएको सो चलचित्रको बारेमा प्रस्तुत गरिएको क्विजको गत अंकको 'काठमाण्डू' कि नायिका प्राप्ती घिमिरे कुन देशको एनआरएन हुन् ?' भन्ने प्रश्नको सहि उत्तर जर्मनी भनि पठाउनु हुने पाठकहरू मध्येबाट रमेश गाउँले बिजयी हुनु भएको छ । उहाँले चलचित्रको रिलिजको पूर्वसन्ध्यामा हुने प्रिमियर समारोहमा सहभागी भई कलाकारहरूको साथमा चलचित्र हेर्न पाउनु हुनेछ भने काठमाण्डू युनिटले आकर्षक उपहर पनि प्रदान गर्नेछ ।



यस्तै आजको अंकको प्रश्न छ : चलचित्र 'काठमाण्डू' का लेखक को हुन् ? आफूलाई सहि लागेको उत्तर तलको कमेन्ट बक्समा गएर पूरा नामका साथ आधिकारिक इमेल राखी पोस्ट गर्नुहोला । सहित उत्तर पठाउने मध्येबाट एक जनालाई गोला प्रथाद्वारा बिजयी घोषणा गरिनेछ र आकर्षक गिफ्ट ह्याम्परका साथ सो चलचित्रको प्रिमियरमा सहभागी गराईने छ ।



कथाबस्तु र प्रस्तुतीका हिसाबले बिशेष चलचित्रको प्रमाण पत्र पाएको 'काठमाण्डू' ले ड्रग्स, यौन, हिंसा, बेरोजगार लगायतका कथालाई उठान गरेको छ । काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रलाई आकाश अधिकरीले निर्देशन गरेका हुन् । यो चलचित्र माघ २० गते रिलिज हुँदैछ । फिल्मीखबर,
Don't Miss
© all rights reserved
made with by netKUTI