ब्रेकरः आर्थिक पक्ष सवल भए पनि परदेशमा सुखको अनुभूति गर्न सकिदैन । दुःख लाग्दो हुन्छ प्रदेशी जीवन ।
देशको व्याप्त बेरोजगारी समस्याले लाखौ“ नेपाली युवायुवतीहरु पसिनामा पैसा साट्न विदेसतिर बाटो रोजेका छन । थोरै सम्पन्नहुनेहरु धेरै खर्च गरेर अफ्रिकन मुलुकतिर जान्छन भने मध्यमस्तरियहरु खाडी मुलुकतिर पाईला डो¥याउछन । कतिले भने अनुसारको काम र तलब समेत पाउदैनन । तर पनि आफूले लिएको ऋण सम्झेर दुख गरिरहेका हुन्छन ।
मिलन गौतम |
सबै दुखी मात्र पनि छैनन केही मात्रमा सन्तुष्ट्र ब्यक्तहरु पनि भेटिन्छन । यस्तै एक ब्यक्ति हुन बागलुङ, मल्म–३ का मिलन गौतम । उनी आर्थिक पक्षबाट सन्तुष्ट भने होइन । उनले आÏनो रुचि र इच्छालाई पुरा गर्न पाएकोमा उनी खुशी र सन्तुष्ट भएका हुन । सानै देखी धेरै देशको पैसा संकलन गर्ने तथा धेरै भाषा सिक्ने रुचिलाई उनले कतारमा पुरा गर्न सफल भए । तालि रेष्ट्ररेन्टमा वेटर र कुकमा कार्यरत गौतमले ५२ देशका मुद्रा संलकन र १ दर्जन भन्दा बढी भाषाहरुमा परिचित छन् । होटलमा १७ ,१८ घण्टा काम गर्ने गौतम काम अनुसारको कमाई नभएपछि अर्को राष्ट्र जापना तिर जाने योजनामा छन । जापना जाने योजना सफल नभएन भने नेपालमा नै आफ्नै ब्यवसाय संचालन गर्ने उनको सोच छ ।
२६ वर्षे अविवाहित गौतमको परिवारमा बुबाआमा,दाजुभाउजु छन । उनै गौतम संग गरिएको संक्षिप्त कुराकानी ।
प्रदेशी जीवन कस्तो लाग्छ ?
बाध्यता र पस्थितीको जीवन हो प्रवाशी जिवन ,आÏनो परिवार र देशलाई चटक्क माया मारेर बस्नु पर्छ । आर्थिक पक्ष्ँ सवल भए पनि परदेशमा सुखको अनुभूति गर्न सकिदैन । दुःख लाग्दो हुन्छ प्रदेशी जीवन ।
देशको अहिलेको अवस्थालाई कसरी मुल्याङ्कन गर्नु भएको छ ?
राजनिती खिचातानीले गर्दा देशको अहिलेको अवस्था विग्रदो छ । मुख्य कार्यभनेको संविधान लेख्नु नै हो त्यही कार्य थांती बसेको छ । नेताहरुलाई कुर्चीको मात्र मोहले गर्दा देशको हालत निकै विग्रदो भएको छ । साना तिना कार्यमा पुर्वाग्रह राख्नु भन्दा पनि सहमति र सर्हकार्यको आधारमा देश विकाशमा र संविधान लेखनमा सरकारको ध्यान दिनुपर्छ ।
दिनानुदिन युवाहरु विदेश पलायन हुनुको कारण के जस्तो लाग्छ ?
नेपाली युवाहरु विदेशिनुको प्रमुख कारण देखासिकी नै हो । देशको राजनितीक कारणलाई दोष दिएता पनि विदेशमा पैसाको नै बोट हुन्छ भन्ने हाम्रो संकुचित सोच नै मुख्य कारण हो । यदि सरकारले स्वदेशमा नै रोजगारि दिए पनि यो रोकिदैन जस्तो मलाई लाग्छ । युवाशक्तिमा रहेको धारणमा परिवर्तन र उनिहरुमा सकारात्मक सोचहुनुपर्छ । सकारात्मक धारण लिएर काम गर्ने हो भने युवाहरुको विदेश पलायन हु“दैन ।
कतार आएर के पाए“ के गुमाए“ जस्तो लाग्छ ?
कतारमा अँएर पाएको भनेको मेरो सानै देखीको रुचि पैसा संकलन गर्ने र भाषा सिक्ने थियो त्यो पुरा भयो । मलेसियन,जापनीज,मलाली,तामलि,अरवीक,हिन्द,अंग्रेजी,गुरुङ,पन्जावी,कन्कनी जस्ता १२÷१४ थरी भाषाहरु आउछन । अनि ५२ देशको पैसा संकलन गरेको छु । यहि नै मेरो ठुलो उपलब्धी हो । मेरो इच्छा र आकाक्ष्लाई कतार आए पुरा गर्न सकेकोमा भने निकै खुशी छु । केही हद सम्म आर्थिक पक्ष पनि सफल भयो । गुमाएको भनेको परिवारको साथ, देशको माया र आÏनो सुन्दर भविष्य ।
कुनै स्मरणिय क्षण ।
सानै देखीको रुचि पैसा संकलन गाउ“का काका,दाजुभाईहरु विदेशबाट फर्केर आउदा त्यो देशको पैसा मागेर संकलन गरेको क्षण ।
प्रस्तुती : राजेश्वर ढकाल
(कान्तिपुर प्रवास साप्ताहिक)