Responsive Ad Slot

latest

सानुलाई पत्र i

Saturday, January 28

/ by Admin BHOLA THAPA
सोम थापा
मेरी प्यारी सानु, धेरै धेरै सम्झना अविरल मायाको समसाथमा लाखौं लाख चुम्वनको पुष्प गुच्छाहरु केवल तिम्रो लागि...।


सर्वप्रथम त आराम छु र आरामताको कामना गर्दछु । प्रिय सानु,यो विरानो ठाउमा म केवल तिम्रो यादको सहारामा बाचिरहेको छु । हरक्षण,हरपल, यि आंखाहरु तिम्रै प्रतिक्ष्ाँमा टोलाइरहन्छन । आंखा वरिपरि विगतमा तिमीसंग विताएका पलहरुको दृश्यहरु झल्कीरहन्छ । मन , मुटु, धड्कन शरिरको प्रत्येङगहरुले तिम्रो साथको अपेक्ष्ाँ गरिरहन्छन । त्यसैले ष्निै टुटेफुटेका शब्दहरुलाई जोड जाड गर्दै तिम्रै नाममा यो पत्र कोरिरहेको छु ।

मेरी सानु, निमेस,सेकेन्ड, मिनेट, घण्टा,दिन, हप्ता, महिना वर्ष गर्दागर्दै हामी विचको यो सम्वन्धले करिव ३१ महिनाको यात्रा पार गरिसकेछ । यतिका समय पार गरिसक्दा समयले कहिले अंगालोमा त कहिले कोशौं टाढा पु¥यायो । जहा“,जसरी जस्तो अवस्थामा रहेपनी तिम्रो निरन्तर मायाले गर्दा जीवन जिउने रहर बढेर आउछ । मेरी सानु आजको यो स्वार्थी दुनियामा निस्वार्थी भावनाले माया गर्ने मानिस त कहा“ पाइन्छ र यस अर्थमा म भाग्यमानी छु । सानु , भन्छन धेरैलाई माया गर थोरैलाई विश्वास गर तर कसैलाई मन नदेउ । तर सानु, हामी विच त अब दिन र लिन नै बांकी के छ र ...†

मेरी सानु,गासिएका सबै सम्बन्धलाई मायाको नाम दिएर मायाको छविलाई हलुका बनाउने यो समाजमा निश्चल, निमेल र कञ्चन मायाको परिचय हामी बाट कोरिनु पर्छ है । पहिलेका बुढापाकाले भन्थे की पढेपछी ,जानिन्छ कि परेपछी सायद तिमीसंगको साथको अनुभवले होला त्यस्तो लाग्छ मायामा जिउने साहस र शक्ति लुकेको हुन्छ । सानु, अब म हाम्रँे माया प्रति विश्वस्त छु तर जब तिमीलाई देखे त्यसपछी मनमा एक किसिमको वैचन र छटपटाई हुन थाल्यो । लाग्थ्यो कतै यो जवनीको आर्कषण मात्र त होइन । प्रेम यस्तै यस्तै साथको अनुभवले होला त्यस्तो त्यस्तै हुन्छरे...।

प्रेम रक्सीका बोतलमा भरिएर आउछन चुरोटको खिलीम खादिएर आउछ ,रेलको डिम्बा ,गाडीका ढोका अनि चौतारीका ठुला ठुला छपनीमा कोरिएर आउछ । गित ,गजल ,कविता बनेर आउछ । प्रेम....। रोमियो,जुलियट,मुनामदन जस्ता प्रेमजोडी पनी प्रत्यक्ष प्रेमको अगाडी फिक्का लाग्छ । सायद तिम्रो माया विश्वास र साथले गदाहोला आज म प्रेमी छु जस्तो लाग्छ । अनि लाग्छ, हामी विचको सम्बन्ध प्रेम...।

मेरी सानु, यति माया हुदा हुदै पनी थोरै रहर अनि धेरै बाध्यताले गर्दा तिमीलाई निर्दय ीबनेर एक्लै छाडेर विदेशीएको आज करिव ५२१ दिन भयो, हरेक दिन ,रात , पलपल तिमीलाई सम्झदा सम्झदै समय धेरै अगाडी बढिसकेछ । मेरी सानु, आउघरतीर सबैलाई नमस्कार सुनाइदेउ ल । तिम्रँे सबै साथीहरुलाई धेरै सम्झना भनिदेउ है । मेरी सानु, तिमीले माया गरि पठाएको चिउरा,भट्ट,भुजिया अनि मेरो घरबाट पठाएको गुन्द्रुक आज मात्र पाए । आजको छाक यही गुन्द्रुक र भट्टको तरकारीले टार्ने विचारमा छु । सानु, गाउबाट भर्खरै छुट्टी सकेर कतार फर्केका दाईहरुले भन्दै थिए ,सोम गाउमा धेरै परिवतन भएके छ । रमाईलो भएको छ ।अनि पल्लाघरे हरि,मिलन,सन्तोष,सुदिप,उज्वलहरु पनि विदेशिने सर सुरसारमा छन भन्ने सुन्छु । सानु, विदेश भनेको आफुले सोचे जस्तो हुदोरहेनछ मानिसका मनमा अनेकौ सपनाहरु हुन्छन तर यहाको वास्तविकता फरक छ सानु ,यहा कयौ सपना तातो घामले ओइलाएका छन ,सयौ सपनाहरु गाडीका ठक्कर संगै टुटेका छन, हजारौ सपनाहरु अग्ला अग्ला विल्डी¨बाट खसेर माटोमा बिलिन भएका छन ।अनि तिम्रो सपना बाचेरपनी पटक पटक मरिरहेको छ । सानु विदेशीने तयारी गरेका ति सबै साथीहरुलाई स्वदेशमै केही गर्न आग्रह गर न ...। सानु,डाडाघरे साइलो दाइले त बुढी आमालाई गाउमा एक्लै छाडेर भाउजुलाई लिएर शहर तिर डेरामा बस्न थालेका छन अरे... । गाउको तेत्रो खेतबारी,पाखा पखेरी छाडेर ५ वर्ष खाडी बसेको कमाइको आडमा साइला दाईले आमालाई समेत बे वास्ता गरेर गाउ छाडेको कुरा सुन्दा दुःख लाग्यो । सानु, तिमी त पढेलेखेको मान्छे ती साइली भाउजुलाई एकफेर सम्झाउ न है ।

आत्मीय सानु, निकिता र निमेसको प्रेम देखेर कहिलेकाही मलाई पनि डाह लाग्थ्यो एक अर्कालाई कति माया गर्थे है यी जोडी तर दुभाग्य निमेस विदेशीएको तिन महिना नपुग्दै निकिता पराइको अंगालोमा बाधिनु निमेकको लागि मात्र होईन मेरो लागि पनि दुःखदायी कुरा हो । निमेसको विश्वासलाई यसरी एकाएक तोडेर अरुसंग नजिकिनु नै थियो त निमेसको भावनासंग किन खेलिन सानु । खै किन आजकल प्राय प्रेम यस्तै हुन्छ एकफेर निकितालाई भेटेर सम्झाउनु मात्र होइन हप्काउ पनि किनकी कसैको मनसंग खेलने अधिकार कसैलाई पनि छैन । सानु ,यस्ता कुरा सुनिरहदा कहिलेकाही झन अलि शंका लाग्न लाग्न थाल्छ । तर म आफुले आफैलाई भन्दा बढि तिमीलाई विश्वास गर्छु त्यसैले म ढुक्क छु किनकी म आफैले आफैलाई शंका गरेर जिउन सक्दिन

मेरी सानु खाली सिउदो भर्न आउ भन्छिन

चुम्न,झुम्न मलाई माया गर्न आउ भन्छिन

बिछोडको तड्पाइले आगो लागी रा छ दिलमा

यही आगोमा तिमी पनि पर्न आउ भन्छिन

मन गलेर पानी पानी भएको यो जवानीमा

पिरतीको लडाई अब लर्न आउ भन्छिन

भमराको छाया समेत नपरेको कोपिला यो

संसार भुलि अंगालिदै हर्न आउ भन्छिन

पिरतिको वगैचामा रम्ने मन छ त्यसैले त

जसरीनि मायाको विउ छर्न आउ भन्छिन

तन,मन ,जीवन सुम्पीनलाई कुरी बस्छु


श्रीमान बनीसंगै जिउन मर्न आउ भन्छिन ।

हृदयस्पर्शी सानु, मलाई पनि तिमीसंग यसरी वाच्नु पर्दा तड्पाई नभएको कहा हो र ...हिजोका दिनहरु सम्झन्छु अनि आफु एक्लो भएको महशुष गर्छु । जिन्दगी नै शुुन्यता भित्र पूणता खोज्नु नै जिन्दगी हो । आफुलाई कहिले एक्लो नसम्झीनु अनि फेरी मनलाई सम्हालछु...।पात्रो पल्टाएर घडीको सुई घुमाएर समय परिवर्तन हुने भए आज भन्दा धेरै पहिला नै तिम्रो साथमा आइसक्थे साुन । कहिले काही त यस्तो लाग्छ एकफेर मात्र एकफेर तिमीलाई अंगालेर संगै रुन पाएपनी आधा पीडा नासिन्थ्यो क्यारे तर ...।

सानु,सम्हादिएर ब्यवहार गर दुःख सुखमा सबैको साथ देउ सायद आउदो दशै सम्म त तिम्रो सोम पनि तिम्रो समिपमा आइपुग्नेछ । सानु, अध्ययनलाई विशेष ध्यान देउ , स्वास्थ्यको ख्याल गर, पिर पीडा परेपनी आफुलाई कमजोर नठान ल ।

सानु,यो विदेशले केही नदिएपनी धेरै थोरै अनुभव दिएके छ मत्यही अनुभवलाई तिमीसंग बिसाउने छु । अनी हामी दुवै मिलेर स्वदेशमै केह्ी गर्नु पर्छ अब त म पनि आठ दश घण्टा काम गर्ने जागरिलो भा छु । पहिला जस्तै अल्छी कामचोर का छुर । झन तिम्रो साथ पाएसी त .....। म कामले पसिनै पसिना हुन्छु होला तिमी एउटा हातले मकैको पोको अनि अर्को हातले भैसीको मोही लिएर आउछौ होला । अनि भन्छौ होला यो मान्छेलाई काम पाएसी केही पनी चाहिदैन ल खाजा खान आउनु न । सायद यस्तै हुन्छ होला भोलीको हाम्रो सुन्दर संसार कि कसो हो सानु ...।

सानु,सायद विदेशमा भएर होला आफ्नो देशप्रतिको माया,ममता र स्नेहलाई राम्रोसंग बुझ्ने अवसर पाएको छ ु। सानु, विदेशीने तयारी गरेका सबै साथीहरुलाई गाउमै केह ीगर्न निर्देशन गर्नु पर्छ है । सानु प्रयास गरेर त हेर म । चालेका सबै पाईलाले सफलताको शिखरलाई सुमसुमाउछ भन्ने पनि त छैन प्रयास गर्नु ठुलो कुरा हो । मनमा आश हुनुपर्छ अनि सकारात्मक सोच सफल कसो नभइएला र है सानु ।

सानु, देशको युवा शक्ति दिनानुदिन बाहिरिदै छ देशका सिमाहरु मिचिदै छ । हामी युवाहरु यसरी पलायन हुने हो भने देशको रक्षा कस्ले गर्छ । त्यसैले सानु गाउका ति साथीहरुलाई तिमी सम्झाएर विदेशिनबाट रोकी राख तिम्रो सोम पनि देश बचाउन अनि हाम्रो प्रेमलाई पूर्णता दिन छिट्टै आउदैछ ।

सानु,मनमा जुन कुरा खेले त्यसलाई तिम्रो नाममा समर्पित गरेर कपीमा उतारेर यिनै शब्दहरुलाई म चिठ्ठी भन्दैछु । सानु यी शब्दहरुको मिलनलाई मात्र चिठ्ठी र कपीको टुक्रा नसम्झनु यो शब्दहरु तिम्रो प्रेम हुन । एक्लो भयौ भनी नियालन थाल साथ दिन्छ । सानु,तिम्रो नाममा शब्दहरु कोर्न लागेभने न त सुरु गर्ने शब्द पाउछु न त अन्त्य नै .. यतिका शब्दहरु कोरिसक्दापनी चिठ्ठी चिठ्ठी जस्तै लाग्दैन खै कता कता के के नपुगेको जस्तो लागि राछ। सानु तिमीसंग पोख्नु पर्ने कुराहरु त कति थिए कति बस,सांराश उतार्ने जमर्को मात्र गरेको छु । बांकी हांसो खुशी,पिर पीडा,तड्पाई ,छट्पटाई भेटमा नै छताछुल्ल पारुला । त्यतिका जेल समम्को लागि पत्रबाट ओझेलिन्छु ल सानु ।

उनी तिम्रो परदेशी प्रेमी

सोम थापा

ढोरफिर्दी–८ बाङरा¨ तनहु“

हाल : कतार
Don't Miss
© all rights reserved
made with by netKUTI