Responsive Ad Slot

latest

घट्ट धनी संघ धादिङको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न I

Saturday, January 28

/ by Admin BHOLA THAPA
धादिङ माघ १४ गते ।
घट्ट धनी संघ धादिङको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । उक्त अधिवेशनले गोविन्द भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । भण्डारी घट्टधनि संघका संस्थापक अध्यक्ष समेत हुन् । 

नवगठित कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर तामाङ ,सचिवमा ईश्वर अधिकारी र कोषाध्यक्षमा टेक बहादुर खनाल निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटनसत्र गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकाअध्यक्ष कविता इटनीको प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रममा शेर बहादुर भण्डारी,टंक नाथशर्मा,शिवराज सापकोटा र यादव कुमार थापा लगायतले घट्ट धनी संघको महत्व माथि चर्चा गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI