गणेश वानिया ,
दोहा, कतार-नेपाली जनप्रगतिशील मञ्च कतारले केन्द्रिय सचिब लक्ष्मण खनाललाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । महासचिब बिष्णु सापकोटाको सञ्चालन तथा अध्यक्ष रमेश भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मञ्चका सल्लाहकार प्रमुख होमनाथ शर्मा तथा अन्य अतिथिहरुमा सल्लाहकारहरु रकमध्वज राई, किशोर सुवेदी तथा गणेश वानिया रहनु भएको थियो ।
सहिदहरुको सम्मानमा एक मिनेट मौनधारणवाट सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनवाट वोल्दै सल्लाहकार प्रमुख शर्माले सचिव खनाल एक स्पष्ट वक्ता, राजनैतिक बिश्लेषणको क्षमता रहेको प्रशंसा गर्दै देश र जनताको हितका निम्ति संसारको जुनसुकै कुनामा रहेर पनि अघि बढ्न अनुरोध गर्नु भयो । हामीले एउटा इमान्दार कार्यकर्ता निर्माण गरेर स्वदेशमा पठाएका छौं उहाँको रिक्ततालाई कमी हुन नदिन सम्पूर्ण साथीहरुमा अनुरोध समेत गर्नु भयो । क्रान्तिकारीहरु एउटा पेचकिला हुन् जो जहा आबश्यक हुन्छ त्यही सक्षम हुन सक्नु पर्छ भन्दै जहा रहेर पनि सुचना र सञ्चारले भुमण्डलीकरण रहेको बर्तमान दुनियामा मञ्चलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
बिदाईका पात्र सचिव खनालले देशमा रहदा पनि आफु पार्टीको पूर्णकालीन कार्यकर्ता रही कार्य गरेको र आगामी दिनमा संसारको जुनसुकै कुनामा रहेर पनि पार्टी संग जोडिएर नै कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफु माझ कतारको संगठनले ठुलो जिम्मेवारी सुम्पिएको र सो जिम्मेवारी पुरा गर्न नपाउदै फर्कन परेकोमा दुःख व्यक्त गर्नु भयो । आफुले कतार वसाईका क्रममा बैदेशिक रोजगारीमा देखिएको समस्याहरुलाई नजिकवाट बुझ्ने मौका मिलेको बताउदै जहा रहेर पनि समस्या समधानका लागि आवाजहरु बुलन्द पार्ने बिचार व्यक्त गर्नु भयो । संगठनमा निष्ठापूर्वक कार्य गर्दै आउनु भएका सचिबको विदाई गर्दा दुख लागेको बताउदै मञ्चका पदाधिकारीहरुले संसारको जुनसुकै कुनामा रहेर पनि बैदेशिक रोजगारीको क्षेत्रमा देखिएको ठगी दलाली तथा मानवतस्करहरु संगको लडाईलाई साथ दिन अनुरोध गर्नु भयो । बिदाई मन्तव्यका क्रममा वक्ताहरुले सचिव खनालले संगठन भित्र पु¥याउनु भएको योगदानको चर्चा गर्दै उहाको आगामी दिनहरु सुखमय रहोस् भन्ने कामना व्यक्त गरेका थिए ।
बिगत लामो समय देखि मञ्चको बिभिन्न तहमा रही कार्यगर्दै आउनु भएका खनाल हालै सम्पन्न महाधिवेशनवाट सचिवमा निर्विरोध निर्वाचित हुनु भएको थियो । खनाल स्याङ्गजा सहयोग समाजका सचिव तथा मनकामना नेपाली साँस्कृतिक परिवार कतारका समेत सचिब हुनु हुन्थ्यो ।