नारायण सापकोटा,
चितवन, ८ फागुन
प्रहरीको कुटाईबाट एक युवकको ज्यान गएपछि विरोधमा उत्रिएको चितवनका स्थानिबासी र आफन्तहरुले गरेको यातायात बन्द खुलेको छ । विहानै देखि अवरुद्ध भएको यातायात सञ्चालनमा आएपछि जनजिवन सामान्य भएको छ ।
राजमार्ग अबरुद्ध भएपछि शिवरात्रीमा पुजाआजा गर्न हिडेका यात्रुहरु अलपत्र परेका थिए । बन्दकर्ताहरुले मुग्लीङ र नारायणगढको पुल्चोक र भरतपुरमा सडक अबरुद्ध पारेका थिए । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र आफन्तविच अपरान्ह मुग्लिङमा भएको वार्तामा पीडितलाई दशला क्षतिपुर्ती उपलव्ध गराउने सहमती भएको छ ।
१५ दिन भित्रमा क्षतीपूर्ती रकम पीडित परिवारलाई उपलव्ध गराउने सहमतीमा अवरुद्ध पारिएको यातायात खुलेको हो । आजभएको वार्तामा प्रशासनले घटनामा संलग्न ६ जना प्रहरीलाई निलम्बन गर्ने समेत प्रतिवद्धता जनाएको छ । घटनाको विषयलाई लिएर आह्वान गरिएको बन्दमा नेकपा एमालेको भातृसंगठन युवा संघले समेत समर्थन जनाएको थियो ।
घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले विहान ना. ३ ख. ८४०६ नम्बरको ट्रकमा तोडफोड गरेका थिए । सोही घटनाको विषयमा आज दिउ“सो राजनीतिक दल, प्रशासन र मानवअधिकारकर्मीहरु विच छलफल भएको छ । छलफलमा मृतक परिवारलाई उचित क्षतिपुर्तीका लागि पहल गर्ने तयारी गरिएको नेपाली काङग्रेस चितवनका नेता जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
मुग्लिङ तर्फ गइरहेको प्रहरी टोली र राजमार्गमा शिवरात्री भन्दै पैसा उठाउदै गरेको स्थानिय युवाहरु विच सामान्य भनाभन हुदा गुरुङको संवेदनशिल अंगमा लागेर मृत्यु भएको प्रहरिले जनाएको छ ।