नारायण सापकोटा,
चितबन ८ फागुन
एमाले नेता प्रदीप नेपालले एउटा राज्यमा भोक र अर्कोमा विकास हुने सङघीयता नेपालमा आवश्यक नभएको बताउनुभएको छ । आज बिहान चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो । –‘ एउटा राज्यमा जनता भोकले मरिरहन्छन अर्कोमा विकासको चुली हुन्छ त्यस्तो सङघीयता नेपालका लागि आवश्यक छैन ।”
सङघीयताले नेपाललाई कमजोर बनाउने भन्दै उहा“ले राज्य राज्यबीच हुने आपसी तनावले मुलुकलाई नै हानी गर्ने स्पष्ट पार्नुभयो । राज्य पुर्नसंरचनाका विÈयमा शीर्È नेताहरुले विचार पुर्याउनु पर्ने उहा“को भनाई थियो । अध्ययन नै नगरी कुन प्रकारको सङघीयता हो भन्नेसम्म नबुझिएकाले पछि समस्या बढ्ने नेता नेपालले बताउनुभयो ।
शान्ति र संविधानका लागि भने एकीकृत नेकपा माओवादीले गरेका सहमति र सम्झौता कार्यान्वयन गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो । शासकीय स्वरुपको अडकीयको को कार्यकारी हुने हो भन्ने विषय अड्को थाप्ने मेसो मात्रै भएको नेता नेपालको तर्क थियो । ठुला दलहरुको अहमताका कारणनै को कार्यकारी हुने हो भन्ने विषय आएको हो – ‘ यो ठुलो विषय होइने ’ उहा“ले भन्नुभयो ।