Responsive Ad Slot

latest

देश जातिय राज्यमा गए विखण्डन हुने ःएमाले नेत्रि भण्डारी I

Monday, February 20

/ by Admin BHOLA THAPA
नारायण सापकोटा,
चितबन ८ फागुन
नेकपा एमालेकी नेत्रि विद्यादेवी भण्डारीले जातिय राज्य बनाउन नहुने बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरु संघ कुरा गर्दै उहाले यस्तो वताउनु भएको हो । देश जातिय राज्यमा गए विखण्डन हुने दावी गर्दै आफु देशलाई जातिय राज्यमा विभाजन गरेको हेर्न नसक्ने वताउनु भयो ।
बरु जातिय राज्यमा देश विभाजन गर्नु भन्दा संविधान सभाको फेरी चुनाव गरेर सवैको हक अधिकारलाई समेटि समानुपातिक हिसावले लैजान सकिने उहा“ले वताउनु भयो ।
यसैबीच नेपाली कांग्रेसका नेता शसांक कोईरालाले पनि देश संघियतामा गए मुलुकका लागि दुखद हुने बताउनुभएको छ ।
मुलुकमा सोचेजस्तो संघियता ल्याउन निकेै कठिन रहेको तर्कगर्दै नेता कोइरालाले विकेन्द्रीत नीति सुरुमा सफल भएपनि दिगो रुपमा सफल हुने संम्भावना न्यूनरहेको टिपप्ण्ी गर्नुभयो ।

संघियता सम्बन्धी आफ्नै पार्टीले राज्य पुर्नसंरचनाको खाका बनाई रहेता पनि त्यस प्रति पनि सन्तुष्ट नरहेको स्पष्ट पार्नुभयो । त्यस्तै उहा“ले अर्काे प्रस·मा वोल्दै नेता कोइरालाले नेपाली सेनाले ल्याएको प्रस्ताव पनि खासै उचित नभएको वताउनु भएको छ । 
माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरेर जागिर दिने काम मात्र भएको उहाको भनाई छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI