काठमान्डौ
माघ २६ गते ।

सोलार जडान गर्दा सार्वजानिक खरिद ऐन अन्तरगत पारदर्शी ढंगले उपकरण खरिद गर्न पनि निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
बैठकमा सभासदहरुले नेपाल टेलिकमको गुणस्तर झनै खस्किंदै गएको बताएका थिए । टेलिकमका महाप्रबन्धक अमरनाथ सिंहले भने गुणस्तरप्रति आफूपनि सन्तुष्ट नभएको भएपनि विगतको तुलनामा धेरै नै सुधार आएको दावी गर्नुभयो । लोडसेडिङका कारण बिटिएसको ब्याट्री चार्ज हुन नपाउँदा नेटवर्क समस्या र मोबाइलको गुणस्तरमा कमी आएको टेलिकम अधिकारीहरुले बताएका थिए । टेलिकमले यसै आर्थिक बर्षमा देशभरका ४ सय ५५ बिटिएसमा सोलार जोड्ने योजना बनाएको छ । सभासदहरुले आगामी केहि वर्ष लोडसेडिङ कायम रहने भएकोले सबै बिटिएसमा सोलार जोड्न सुझाव दिएका हुन ।