काठमान्डौ
माघ २६ गते ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले जेठ १४ गते संविधान जारी गर्नुको अर्को कुनै विकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एकिकृत माओवादीको जनसत्ताद्धारा सम्पत्ति कब्जा गलत निर्णय फिर्ता लिने मन्त्री परिषदबाट सम्बोधन भएपछि मात्र सदन सुचारु रुपले सञ्चालन हुने जानकारी दिनुभयो ।

एक फरक प्रसंगमा कोइरालाले राज्य पुनःसंरचना आयोगद्धरा बुझाएको प्रतिवेदनप्रति असहमति व्यक्त गर्दै तीन राजनीतिक दलबीच वार्ता द्धरा सहमति हुने आशा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपतीय प्रणालीभन्दा विश्वमा सफल र उत्तम रहेको संसदीय प्रणालीमा सबै दलको सहमति हुने विश्वास पनि व्यक्त गर्नुभयो ।