काठमान्डौ
माघ १८ गते ।
आन्तरिक मनमुटाव अन्त्य गर्न संस्थापन पक्षलाई दवाव दिने उद्येश्यले नेपाली काँग्रेस देउवा पक्षीय नेताहरुले आज पनि छलफल लाई निरन्तरता दिने भएका छन् । देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजेपछि हुने छलफलमा पाटीभित्रको विवाद र समाधानको प्रयासका बारेमा छलफल जारी रहने नेता बालकृष्ण ढुङेलले बताउनु भयो । हिजोको भेलामा सदस्यहरुको बोल्ने क्रम नसकिएपछि आज पनि छलफल हुन लागेको हो ।
छलफमा सहभागी नेताहरुले सभापति कोइरालाले एकलौटी ढँगले पार्टी संञ्चालन गर्न खोजको भन्दै त्यसको प्रतिकार गर्ने बताएका थिए । सदस्यहरुको धारणा बुझेर नयाँ रणनीति तय गर्ने तयारी देउवा पक्षले गरेको छ ।