काठमान्डौ
माघ १८ गते ।
सरकारले सूचना लुकाउने नियतले सूचनाको वर्गीकरण गरेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आफ्ना पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बिहान बसेको पदाधिकारी सहित उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले तत्कालका लागि घोषित आन्दोलनका कार्यक्रम स्थगनको निर्णय गरेको हो ।सर्वाेच्च अदालतले सूचना वर्गीकरण सम्बन्धी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच अदालतले अन्तरिम आदेश जारी गरेको र प्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत निर्णय फिर्ता लिने प्रतिबद्धता जनाएकाले महासंघले आन्दोलन स्थगित गरेको होे ।
यसअघि मंगलबार महासंघका पदाधिकारीसँग भएको वार्तामा प्रधानमन्त्री भट्टराईले सूचना वर्गीकरणको निर्णयमा राजनीतिक नेतृत्वको संलग्नता नरहेको भन्दै त्यसलाई फिर्ता दिइएको परिपत्र आज मातहतका निकायमा पठाउने बताउनुभएको थियो । सर्वाेच्चले पनि हिजै निर्णय कार्यान्वयनमा रोक लगाउने फैसला सुनाएको थियो ।